डेंगूको संक्रमणबाट मृत्यु

डेंगू रोगको संक्रमणबाट झापाको बिर्तामोड नगरपालिका–४ बिर्ताबजारका ४० बर्षीय उमेश साह मृत्यु भएको छ । अस्पताल लैजाँदै गर्दा उनको बाटैमै मृत्यु भएको हो ।

हालसम्म झापामा एक सय २० जनामा यो रोगको संक्रमण देखापरेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

गत असोज ६ गते बिर्तामोड नगरपालिकामा देखा परेको डेंगू रोगको संक्रमण अहिले दमक, कनकाई, अर्जुनधारा, काँकरभिट्टा नगरपालिका र वुद्धशान्ति गाउँपालिकामा देखापरेको छ ।

डेंगु भाइरसको संक्रमण भए ज्वरो आउने, जीउ दुख्ने, हड्डी दुख्ने, आँखा दुख्ने लक्षण देखिन्छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics