सिसायूक्त पेन्ट उन्मूलन तर्फ सरकारी मापदण्डको बढ्दो कार्यान्वयन

नेपालमा उत्पादन, आयात तथा विक्री बितरण रङ्गहरुमा सिसा(लेड) को मात्रा नेपाल सरकारले तोकेको मापदण्ड ९० पि. पि. एम. लाई परिपाल्ना गरेको पाईएको छ । जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र तथा लिडर्स नेपालले काठमाडौँ उपत्यका लगायत पश्चिम नेपालका केही बजारबाट संकलन गरिएका १८ पेन्टस् उद्योगको ३७ वटा रङको नमुनाको प्रयोगशाला परीक्षण गर्दा ५९.४६ प्रतिशत रङ सरकारले तोकेको ९० पिपिएम मापदण्डभित्र रहेको र बाँकीमा अत्यधिक सिसा प्रयोगमा रहेको भेटिएको छ। बालबालिका लगायत आम जनताको स्वास्थ्य तथा वातावरण संरक्षण गर्न लेडयूक्त पेन्ट उन्मूलनका लागि पेन्टमा लेडसम्बन्धी सरकारी मापदण्ड हदै सम्म प्रभावकारी कार्यान्वयन भैरहेको छ तर अझै बढी प्रभावकारी बनाउदै लानुपर्ने भर्खरै गरीएको अध्यनले देखिएको छ ।

त्यस्तै काठमाडौँ उपत्यकाका ३१२ बालबालिकासहित वीरगञ्जका विद्यालयका ५० छात्रछात्रामा गरिएको अध्ययन अनुसार ती बालबालिकाको रगतमा लेडको मात्र ९० पिपिएमभन्दा बढी पाइएको सो केन्द्रले जनाएको छ। ६० प्रतिशत बालबालिकाको रगतमा ९० पिपिएमभन्दा बढी लेड पाइएको थियो।

“बालबालिकाको स्वास्थ्य जोगाउन लेडयूक्त पेन्ट उन्मूलनका लागि सरकारी मापदण्डको प्रभावकारी कार्यान्वयनमा जोड” नाराको साथ कात्तिक ५ देखि कात्तिक ११ सम्म अन्तर्राष्ट्रिय लेड विष रोकथाम सप्ताह– २०१७ नेपालले पनि मनाइरहेको छ ।जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र, कार्यकारी निर्देशक तथा वातावरण वैज्ञानीक, राम चरित्र साहका अनुसार जनचेतना फैलाउनुको साथै नेपाल सरकारबाट तोकिएको मापदण्डको प्रभावकारी रुपमा कार्यान्यवनका लागि सचेतना सप्ताह आयोजना गरिएको हो ।

गौरीशंकर, जस्मिन, जेजिस, एपोलो, अर्ति, जी–७, अमेरिकन पेन्ट इन्डष्ट्री, पशुपति पेन्टस्, एशियन पेन्टस् तथा नेपाल पेन्टस् इन्डष्ट्रीका रङमा तोकेको मापदण्डभन्दा धेरै गुणा बढी सिसा पाइएको छ।

लेडको सम्पर्कबाट विश्वमा बर्सेनि आठ लाख मानिसको मृत्यु हुने गरेको छ भने मध्यम आय भएका मुलुकमा हरेक वर्ष ९७७ अर्ब डलरको क्षति हुने गरेको छ।

नेपालमा बर्सेनि पाँच वर्षमुनिका बालबालिकामा हुने लेड असरबाट रु एक खर्ब ५६ अर्ब बराबरको क्षति हुन्छ। लेडले मानिसको र खासगरी बालबालिकाको शारीरीक, मानसिक तथा बौद्धीक विकासमा असर पार्छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics