पैसा कमाउन तीन पुस्ता तस्करीमा

A+ A-

गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि .सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशन गरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबर अनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको  १७ औं अंश – 

 

(लेखक कुँवरको स्वीकृतिमा नेचर खबरले हरेक शनिवार पुस्तकका अंश प्रकाशन गर्न थालेको हो ।)



गैँडा तस्करीमा तीन पुस्ता

जुम्ले कान्छाको बयान अनुसार शेरबहादुर तामाङ (घलान) सिकारी ग्रुपको गैँडा मार्ने एउटा मुख्य मान्छे थियो। जुम्ले कान्छाभन्दा अगाडि पक्राउ परेका सिकारी कामी, रिफल राई, प्रेमबहादुर विकले समेत उसको नाम लिएका थिए। खुँखार सिकारी भएकाले उसलाई जसरी पनि पक्रनु जरूरी भयो। उसको घर कोराक, मार्ताल गाउँमा खोज्दा हाल ऊ त्यहाँ नभएको, बसाइँ सरेर बाराको रतनपुर भन्ने ठाउँमा गएको थाहा भयो। उसको नयाँ घर पत्ता लगाउन मैले बारातिरका हाम्रा मान्छे महावीर चौधरीलाई खटाएँ।शेरबहादुर अहिलेको जति खुँखार सिकारी हो, उसको बाबु र हजुरबाउ आफ्नो बेलाका त्यस्तै खतरनाक सिकारी थिए। उसको हजुरबाउले गैँडा मारेर गुणराज पाठकलाई दिन्थ्यो। त्यो काम शेरबहादुरको बाबु मेयवीर भन्ने इन्द्रबहादुर घलानले पुख्र्यौली पेसाका रुपमा ग्रहण गरेको रहेछ। त्यो थाहा पाएपछि मैले बाबुछोरा दुवैलाई पक्रन निर्देशन दिएको थिएँ।

रतनपुर पर्सा वन्यजन्तु आरक्षबाट छ–सात किमि टाढा जङ्गलछेउ पर्दो रहेछ। हाम्रो टिम २०६२ जेठ २६ गते बिहानै त्यसतर्फ गएछ र दुवै बाबुछोरालाई पक्राउ गरेछ। पक्रन गएको टोलीसँग थप सूचना पनि रहेछ, शेरबहादुरकी बहिनी माओवादी कार्यकर्ता हो भन्ने। त्यसका आधारमा सुरक्षाकर्मीले उसलाई पनि पक्राउ गरेर ल्याएछन्। म भए यस्तो हुनबाट जोगाउने थिएँ। हाम्रो लक्ष्य वन्यजन्तुसम्बन्धी अपराधको अन्त्य हो र बिनाकारण माओवादीलाई चिढ्याएर खतरा मोल्नु ठीक होइन भन्ने मलाई राम्ररी थाहा थियो। मैले आफ्ना सबै स्टाफलाई यसबारे स्पष्ट पारिसकेको थिएँ। तर त्यस दिन तिनले अपरेसनमा गएका सुरक्षाकर्मीलाई मनाउन सकेनछन्।

निकुञ्जबाट खटिएको टोलीबाट आफ्नो कार्यकर्ता पक्राउ प¥यो भन्ने थाहा पाएपछि माओवादीले बारा घर हुने हाम्रा स्टाफलाई हाजिर हुन उर्दी दिएछन्। स्थानीय व्यक्ति भएकाले विभिन्न सहयोगी र चिनजानका व्यक्तिहरुका माध्यमबाट उहाँ सम्पर्कमा जानुभएछ। सौभाग्यवश उनीहरुले उहाँलाई भौतिक कारबाही गरेनन्। केवल जरिवाना रकम तोके। उहाँको  भाग्य गैँडालाई चार वर्ष भाग्य र हाम्रो प्रयासले, पक्राउ परेकी महिलालाई पनि सुरक्षाकर्मीले आफैँ कुनै कारबाही नगरी अदालती कारबाहीका लागि बुझाइदिए। मलाई लाग्छ, त्यस्तो नगरिएको भए हाम्रा स्टाफलाई ‘जे पनि’ हुन सक्थ्यो। जे होस्, हामीले जरिवाना रकम कुनै रुपमा मिलाएर बुझायौँ र यो समस्याबाट मुक्त भयौँ।

एउटा खागको उन्नाइस लाख

कर्णेल अजित थापाले सुराकीसँग भेट्न खोजेकाले केही दिनअघि मैले एक जनालाई चिनाइदिएको थिएँ। कर्णेलले हाम्रो सुराकीलाई पैसाको लोभ देखाएर अरु काम पनि लगाउन सक्थ्यो। त्यसैले मैले सुराकीलाई सिकाएको थिएँ, ‘वन्यजन्तु अपराधसम्बन्धी बाहेक अन्य काम गर्दिनँ भन्नुस्’ भनेर। त्यो सुराकी कर्णेललाई पटक–पटक फोन गरेर भन्दो रहेछ– ‘पाँच हजार रूपैयाँ दिनुस्; म सिकारीलाई जङ्गलमै पक्डाइदिन्छु।’ सुराकी परिचालन गर्न सैनिक जवानलाई अ¥हाए जस्तो सजिलो नभएपछि कर्णेलले मलाई भन्न थालेको थियो, त्यसले मलाई ब्ल्याकमेल गर्न खोज्दै छ भनेर। त्यही सुराकीलाई मैले दुई दिनअगाडि कावासोतीमा भेटेको थिएँ। उसले ‘केही पैसा पाए खागसहित मान्छे पक्डाइदिन्छु’ भनेको थियो। उसको कुरा सुनेर मलाई रिस पनि उठ्यो तर काम हुने आसले आफूले बुझेको नौ हजार रूपैयाँ तलबमध्ये बाँकी रहेको सात हजार उसलाई दिएँ। कुरा के थियो भने करिब एक महिनाअगाडि नवलपरासीको मटेरी जङ्गलमा एउटा गैँडा मारेर खाग चोरी भएको थियो। त्यो खाग कसैले गाउँमा लगेर राखेको छ र त्यसको तौल एक किलो नौ सय ग्राम छ भनेर मलाई सूचना आएको थियो।

यो सुराकीले पनि सोही ब्यहोरासँग मिल्दोजुल्दो खागको कुरा गरेकाले मैले तुरून्तै उसलाई पैसा दिएको थिएँ। यो अपरेसन गर्न मैले रेन्जर विष्णु थपलियालाई भनेको थिएँ। दुई दिनपछि अर्थात् २०६२ जेठ २६ गते सुराकीको फोन आएपछि उहाँले कर्णेल अजितसँग आवश्यक सुरक्षाकर्मीका लागि कुरा गर्नुभएछ तर उसले नवलपरासी अर्को वाहिनीको क्षेत्रमा पर्ने भएकाले कावासोतीस्थित अरिदमन  गणलाई भनिदिने भनेछ। तर उहाँहरु नारायणगढबाट गाडी भाडामा लिएर कावासोती पुग्दा त्यहाँ खबर गरिएको रहेनछ। अनि आफ्ना स्टाफहरु मात्र लिएर अघि बढ्नुभएछ। तस्करले गैँडाको खागको मूल्य उन्नाइस लाख भनेको रहेछ। विष्णुजीसँग त्यति धेरै पैसा हुने कुरा भएन।

त्यसैले उहाँहरु  उन्नाइस गड्डी तास किन्नुभएछ र तीस हजार रूपैयाँ गड्डीको तल–माथि राखेर रबरले कसेर एक झोला पैसा बनाउनुभएछ। गाडी नवलपरासीको चोरमाराबाट उत्तरतर्फ मोडिएर केही पर पुगेपछि स्टाफहरुलाई जङ्गल नजिकै छाडेर ड्राइभर, सुराकी र विष्णुजी गाउँतर्फ लाग्नुभएछ। नवलपरासी, नयाँ बेल्हानी गाविस बस्ने लीलबहादुर झ्याडी मगरको घर पुग्दा त्यहाँ उसकी श्रीमती मात्र रहिछन्। उहाँहरु ले श्रीमान्लाई बोलाउन भन्नुभएछ। केही समयपछि ऊ अर्को एउटा मान्छेसँग आएछ। खाग किन्ने कुराकानी भएपछि उहाँहरु ले झोलामा पैसा देखाइ दिनुभएछ र उसले पनि खाग देखाएछ। खाग उनीहले गाडीसम्म पु¥याइदिने र पैसा त्यहीँ गनिदिने सल्लाह भएछ।  उनीहरुलाई गाडीमा हालेर जङ्गलछेउ ल्याएपछि उहाँहरु ले स्टाफहरुलाई इसारा गर्नुभएछ र सानो घम्साघम्सीपछि दुवैलाई नियन्त्रणमा लिइएछ।

त्यसरी खागसहित मान्छे समातेको खबर पाएपछि चाहिँ कर्णेलले हतारहतार अमलटारीको सैनिक टोलीलाई कावासोती पुग्न भनेछ, निकुञ्जको सेना पनि अपरेसनमा संलग्न भएको देखाउन। पक्राउ परेकाह?ले बगुवनमा एक जनाको घरमा दुइटा खाग छन् भन्ने बताए। साथै आफूहरु लाई खाग बेच्न दिने व्यक्ति नवलपरासी, दुम्कीबास बस्ने ऋषिराम सारू मगर हो भन्ने बयान दिए। त्यसका आधारमा एक जना स्टाफलाई त्यहाँ पठायौँ। उहाँले खबर गर्नुभयो, मान्छे त्यहीँ छ भनेर। ब्यारेकमा कुराकानी गर्दा सहयोग गर्न इन्कारी भयो र बिनाहतियार हामी त्यहाँ जान सकेनौँ। तर उहाँ गाउँनजिकैको एउटा प्राथमिक विद्यालयमा एक्लै रातभरि हामीलाई कुरेर बस्नुभएछ।

खागसहित मान्छे समातेको उत्साह र पुरस्कारस्वरुप सैँतीस हजार रकमसमेत हात परेको खुसीमा सुराकीले ‘अर्को खाग खरिद गर्ने तस्करलाई  बोलाएको छु, आउनुप¥यो’ भन्यो। मैले यो पटक पनि विष्णुजीलाई नै जानुस् भनेँ किनकि कावासोतीतिर उहाँले राम्रो समन्वय गर्नुभएको थियो। उहाँको टोलीले भैरहवा बस्ने ठाकुरसिंह बराइली र रूपन्देही, दुम्दुवा गाउँ बस्ने नारायणप्रसाद थारुलाई खाग तस्करका ?पमा जेठ २७ गते पक्राउ ग¥यो।

उनीहरुसँग सोधपुछ गर्दा एउटा खाग भारतीयलाई बेचेको भने। ठाकुरसिंह मोटरसाइकलसहित पक्राउ परेको थियो। व्यापारमा गएको छोरो कता हरायो भनेर घरपरिवारमा चिन्ता परेछ। उसका बाबु पहलसिंह प्रहरी चौकी र कार्यालयहरुमा छोराको खोजी गर्दै हिँडेका रहेछन्। हाम्रो कार्यालयबाट पक्राउ परेको थाहा पाएपछि चितवनका एक जना जनमोर्चा नेतालाई लिएर कसरा आइपुगे। पहलसिंह स्वयंको नाम पनि खाग तस्करको लिस्टमा थियो। छोरा ठाकुरसिंह बाबुसँगै सल्लाह गरेर खाग खरिद गर्न कावासोती आएको रहेछ। मैले पहलसिंहलाई पनि सोधपुछका लागि हिरासतमा राखेँ र उनीसँगै आएका नेताजीलाई सम्झाएर पठाइदिएँ। प्रेमबहादुर विकले भनेको खुँखार खाग तस्कर कर्मा लामालाई हामीले दुई वर्षसम्म पक्राउ गर्न सकेका थिएनौँ। हुलिया थाहा छ; फोन नम्बर थाहा छ; घर वा डेरा थाहा छ अनि द्विविधा भए प्रेमलाई नै काठमाडौँ लगेर भए पनि उसलाई खोजेर र चिनेर समात्न सकिन्छ। यति हुँदाहँुदै उसलाई पक्रन नसक्नु हाम्रो अक्षमता थियो।

एक दिन थप सोधपुछका क्रममा कारागारबाट झिकाएर प्रेमलाई कसरा कार्यालय अगाडिको चौरमा राखेर हामी खुला कुराकानी गर्दै थियौँ, जसरी साथीभाइबीच गफगाफ हुन्छ त्यसै गरी। उसले पहिलेपहिलेझैँ फेरि भन्यो– ‘कर्मा जस्ता मान्छेलाई समात्न पाए पो हुन्थ्यो, उनीहरु  पक्राउ पर्दैनन्।’ यो उसको ब्यङ्ग्य थियो हामीप्रति, ‘तिमीहरु जानीजानी वा नसकेर ठूला मान्छेलाई पक्रँदैनौ; हामी जस्ता साना मान्छेलाई मात्र पक्रन्छौ’ भन्ने। जब उसले कर्माको नाम लियो, चौरमा सँगै बसेका रेन्जरले फ्याट्ट भन्नुभयो– ‘कर्माबारे मलाई थाहा छ।’
मैले तुरून्तै उहाँलाई हप्काएको स्वरमा भनेँ– ‘चुप लाग्नुस्, त्यो कुरा छाडिदिनुस्; मैले खोज्न पठाउँदा भेटिएन ऊ।’

प्रेमलाई समात्ने बेला र पछि पनि म र मुखियाले कर्माको घर पत्ता लगाउन धेरै पटक प्रयत्न गरेका थियौँ तर सफल भएका थिएनौँ। यस्तो अवस्थामा रेन्जरको कुरा सुनेर म सा¥है खुसी भएको थिएँ। तर, खुला चौरमा प्रेमसामु कर्माबारे कुराकानी गर्दा कुनै माध्यमबाट कर्मासम्म त्यो खबर पुग्न सक्छ भनेर मैले हतारहतार उहाँलाई चुप लगाएको थिएँ। रेन्जरसँग कर्माबारे मसँग भन्दा बढी सूचना रहेछन्। उसको व्यापारिक स्वभाव, रवैया, खर्चको प्रकृति एवं आम्दानीको स्रोतबारे थप जानकारी रहेछ। यो थाहा पाएपछि सूचनाको पुष्टि गर्न मैले आवश्यक खर्चसहित भोलिपल्टै उहाँलाई काठमाडौँ पठाएँ। उहाँ ताजा सूचना  गरेर सङ्कलन काठमाडौँबाट आउनुभयो।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics