विजुली खोज्न कुलमानको टोली बिदेशतिर



यो वर्षको सुख्खा मौसममा लोडसेडिङ हुन नदिने थप बिजुलीको आयतका लागि कुलमान घिसिङ टोली सहित शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेको छ ।

ढल्केबर मुजफ्फर आयोजनाको सवस्टेशन निर्माणको ठेक्का सम्झौता तोडिएसँगै सुख्खा मौसमका लागि योजनामा राखिएको विद्युत घट्ने पक्का भएपछि प्राधिकरणसामु चुनौती खडा भएको हो ।

भारतबाट आयात गरिएको विद्युतमा फेरि थप गरेरै भए पनि टोली लोडसेडिङ हुन नदिने अभियानमा लागेको छ ।

चिनियाँ ठेकेदारको बदमासीका कारण आगामी हिउँदमा ढल्केबर मुजफ्फर सवस्टेशनबाट थप विद्युत् आयात हुन नसकेपछि टनकपुर मार्गलाई वैकल्पिक स्रोतको रुपमा प्रयोग गर्न लागिएको हो ।
प्राधिकरणकाअनुसार टनकपुर नाकाबाट थप ४० मेगावाट विद्युत् आयातको विषयमा नयाँ दिल्लीमा रहँदा छलफल हुने कार्यसूची रहेको छ । प्राधिकरणले टनकपुरमा १०० एमभीएको ट्रान्सफर्मर राखेर थप ४० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics