पुनर्निर्माणमा काठ अभाव हुन नदिने



राष्ट्रिय पुनर्निर्माण प्रधिकरणले वन मन्त्रालयलाइ भूक्पपीडितको घर निर्माणका लागि पर्याप्त काठ उपलब्ध गराउन आग्रह गरेको छ ।
मन्त्रालय ,वन विभाग र टिम्बर कर्पाेरेशन अफ नेपालका अधिकारीसँग भएको छलफलमा पुननिर्माणको लागि सहज रुपमा काठ बिक्री वितरणको व्यवस्था मिलाउन प्रधिकरणको प्रमुख अधिकृत युवराज भुसालले अनुरोेध गरेका थिए ।

कार्यक्रममा मन्त्रालयका सहसचिव चन्द्रमान डंगोल, विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य र टिम्बर कर्पोरेशनका महाप्रबन्धक राजु लौडारीले काठकै कारण पुनःनिर्माण प्रभावित हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

भूकम्पप्रभावित जिल्लामा घुम्ती चिरानी मेसिन स्थापना गर्नेलगायत काम तत्काल गर्न पनि मन्त्रालयको ध्यानाकर्षण गराइएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics