इलामको ढापपोखरी नमूना पर्यटनस्थल



सन्दकपुर ५ स्थित जमुनाको ढापपोखरीमा डुंगा सञचालनमा ल्याइएको छ । डंगुा सञ्चालन थालिएपछि सन्दकपुर,टोड्क झरना , माबुथाप, हाँगेथाप,चोयाटार र जौबरीलगायत क्षेत्रमा आवतजावत गर्ने पर्यटक पुग्ने गरेका छन् । स्थानीयवासीले यो पोखरीमा पुग्न पर्यटकको लागि होमस्टे सञ्चालनको तयारी गरेका छन् ।

स्थानीयवासीको पर्यटन विकासप्रतिको मोह र सक्रियाताका कारण अढाइ वर्षकै अवधिमा आकर्षक गन्तव्यका रुपमा विकास भएको हो । यो पोखरी क्षेत्रफलका हिसाबले जिल्लाकै ठूलो मानिएको पोखरी ५० रोपनीमा फैलिएको छ ।सदरमुकामबाट २२ किलोमिटर उत्तरको ढापपोखरीमा रमाइलो गर्न र घुम्नका लागि जिल्लाका विभिन्न स्थान, सीमापारि दार्जिलिङ र पश्चिमा देशका पर्यटक पुग्न थालेका छन् । यस पोखरी आसपास लोपोन्मुख सुन गोहोरो र विभिन्न प्रकारका सुनाखरी पाइन्छन् ।

मानव निर्मित सो पोखरी २०७२ सालबाटा बाँध बानेर पानी जम्मा गर्न शुरु गरिएको हो ।वरीपरी हरियो चियाबगान,धुपी, सल्ला तथा स्थानिय जातका बोटबिरुवाले पोखरीको सौन्दर्यतामा अझ बृद्धि गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics