पारिवारिक वनको विकासमा मेयरहरुको हातेमालो



पारिवारिक निजी वनको संरक्षण र विकासलाई स्थानीय निकायका प्रमुखहरुले अभियानका रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पारिवारिक निजी वन संघ नेपाल(एफोन) ले राजधानीमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै काठमाडौं उपत्यकाका जनप्रतिनिधीले पारिवारिक निजी वनमार्फत सम्बृद्धि ल्याउन सकिने बताए ।

जिल्ला समन्वय समिति ,काठमाडौंका प्रमुख शिव शुन्दर राजवैधले स्थानीयले तहले निजी वन किसानहरुसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए । उनले जनप्रतिनिधीहरुले पारिवारिक वनलाई सबैतिर प्राथमिकताकासाथ अघि बढाउन आहवान गरे ।

शंखरापू्र नगरपालिकाका मेयर सुर्वण श्रेष्ठले निजी वनमा भएको रुख बेच्न किसानहरूलाई झन्झटिलो कानुनी प्रक्रियाले गर्दा समस्या भोग्नुपरेको बताउँदै समाधानका लागि आफूले पहल गर्ने बताए ।

बुढानिलकन्ठ नगरपालिकाका मेयर उद्धव प्रसाद खरेलले निजी वनका किसानलाई जिविकापार्जनको लागि प्राकृतिक स्रोतको भरपूक रूपमा उपयोग गराउन आफ्नो क्षेत्रमा काम अघि बढाउने जानकारी दिए । खरेलले भने ,‘नेपालमा नै भएको वन उपयोग गरी समृद्धि नेपाल बनाउने तफ लाग्नुपर्छ ।’

पारिवारिक निजी वन संघ नेपालका अध्यक्ष जोग राज गिरीले परिवारिक निजी वनको वातावरण सन्तुलन र जैविवद्धतामा धेरै सहयोग पुर्याएपनि सरकारको प्राथामिकतामा पर्न नसकेको गुनासो गरे ।
कार्यक्रममा निजी वन किसानको सम्भावन र चुनौतीको विषयमा छलफल भएको थियो ।

छलफलमा सहभागी किसानहरूले आफूले पसिना बागाएर हुर्काएको रुखहरु जीविकापार्जनको लागि प्रयोग गर्न नपाउँदा दुख लागेको अनुभव सुनाए ।
सहभागीहरुले पारिवारिक निजी वनमा धेरै सम्भावना भए पनि झञ्झटिलो व्यवस्थाका कारण पनि किसानहरूले व्यावसायिक रूपमा अघि बढाउन नसकेको गुनासो गरे ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics