हात्तीको बथानले कञ्चनपुरमा दुई घर भत्कायो

हात्तीको बथानले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका—३ जोनापुर बागबाजारका दुई परिवारको घर भत्काएको छ ।  हात्तीले स्थानीय दीपक हुम्ली र वीरबाहादुर चौधरीको घर भत्काएको हो ।

घरभित्र सुतेको बासिन्दाले भागेर ज्यान जोगाएका छन् । तर, हात्तिले घरभित्र राखेको अन्न खानुका साथै सिरक, डस्ना लगायतका ओछ्यान र लगाउने कपडा च्यातचुत पारेर नोक्सान पुर्यायको छ ।

स्थानिय बासिन्दाका अनुसार निकुञ्जबाट बस्तीमा छावसहितको २२ को संख्यामा हात्तीको बथान रहेको थियो । राति ११ बजे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर क्षेत्रबाट बस्तीमा छिरेको हात्तीको बथानलाई स्थानीय बासिन्दाले राति ३ बजेपछि मात्रै धपाउन सकेका थिए ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics