बाढीले बगाएका थप दुई गैंडा भारतमा भेटिए

फाइल फाेटाे


बाढीले बगाएका थप दुई गैंडा भारतमा फेला परेका छन् । भारतको वाल्मिकी टाईगर रिजर्भबाट एक भारतीय अधिकारीले फोन मार्फत गैंडा भेटिएको जानकारी दिएपछि नेपाली अधिकारी गैंडा भए नभएको पुष्टि गर्न भारत गएका थिए । भारतीय अधिकारीको जानकारीका आधारमा आइतबार भारत पुगेका वरिष्ठ पशु चिकित्सक डा.कमल गैरे र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकसहितको टोलीले नेपालको गैंडा वाल्मिकीनगर बाट ४० किलोमिटर तल रहेको फेला पारेर फर्किएको छ ।

गत साउन ३१ गते चितवन राष्ट्रिय निकुञ्जका गैंडा बाढीले बगाएर बेपत्ता पारेपछि निकुञ्जको टोलीले लामो समयसम्म खोजी गरेको थियो । हराएका गैंडा नभेटिएपछि उद्धारमा खटिएको टोली चिन्तित थियो । निकुजका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार फोनमार्फत नेपाली गैंडा भेटिएको खबर आएको छ ।

कँडलका अनुसार सोमबार नै उद्धारका लागि चारवटा हात्ती भारतर्फत पठाइसकिएको छ । कंडेलले भने , ‘४ वटा हात्ती चितवनबाट भारत हिडिसकेको छ । बुधवारदेखि उद्धारको काम सुरु हुन्छ । ’

यसअघि पनि ४० जना प्रविधिकसहित अन्य कर्मचारी २१ दिनसम्म भारत पुगेका गैँडाको उद्धारमा खटिएका थिए ।दुई महिनाअघि नै टोलीले छ वटा पोथी गैंडा र एक भाले केटो उद्धार गरेर नेपाल ल्याइसकेको छ ।बाढीका कारण चितवनमा दुई गैंडा मरेकाछन् ।

दुई वर्षको भाले गैंडा नवलपरासीमा मृत अवस्थामा भेटिएको थियो भने अर्को उपचारका क्रममा मरेको थियो । बाढीले बगाएको अर्को एउटा गैंडा पनि निकुञ्ज क्षेत्रनजिबाट उद्धार गरिएको थियो ।बाढीले बगाएको एउटा गैंडा अझै निकुञ्जबाहिर त्रिवेणी क्षेत्रमा छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics