बोनमा जलवायु सम्मेलन सुरु



आजदेखि जर्मनीको बोनानमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्वन्धि खाका महासन्धि (यूएनएफसीसीसी)को २३औं सम्मेलन (कोप—२३) सुरु भएको छ ।

पहिलो चरणका प्राविधिक सत्ररछलफलहरुमा वातावरण मन्त्रालयका सचिव डा.विश्वनाथ ओली र जलवायु परिवर्तनको फोकल व्यक्ति डा. रामप्रसाद लम्साललगायतको टोलीले भाग लिएका छन्।त्यस्तै उच्चस्तरीय बैठमा नेपालबाट मिथिला चौधरी अर्का साता सहभागी हुनेछिन् । यस सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमपले लिएको पेरिस सम्झौताबाट बाहिरिने विषय प्राथमिकता पाउने अपेक्षा गरिएको छ ।

सम्मेलनमा नेपालले अति कम विकसित मुलुकहरूको समूह ९एलडीसी० सँग मिलेर पर्वतीय र हिमालय क्षेत्रमा परेको असर, क्षतीपूर्ती र अनुकुलनको मुद्दालाई गहन ढङ्गले उठाउनेछ । एलडीसीले जलवायु परिवर्तनको नकारात्मक असर भोगिरहेका मुलुकहरुलाई विकसित मुलुकहरूले दिने आर्थिक सहायता सरल र सहज बनाउनसमेत ध्यानाकर्षण गराउँदै आएका छन् । कोप २३ मा उठाउने साझा मुद्दाबारे एलडीसीका अध्यक्षले दुई महिनाअघि इथियोपियामा ४८ वटै मुलुकका वातावरण मन्त्रीहरुलाई बोलाएर छलफल गरेका थिए । यो जलवायु परिवर्तनसम्वन्धि पेरिस सम्झौतापछिको दोस्रो सम्मेलन हो ।पेरिस सम्झौतापछिको पहिलो सम्मेलन गत वर्ष मोरक्कोको माराकेशमा भएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics