‘ जलवायु परिवर्तनमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक ‘


जलवायु परिवर्तन तथा यसबाट हुने प्रभाव न्यूनिरणका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्न अन्तर्राष्ट्रिय क्षेत्रको सहयोग आवश्यक रहेकोमा नेपालले जोड दिएको छ ।
सोमवारदेखी जर्मनको बोनमा सञ्चालन भइरहेको जलवायु परिवर्तन सम्बन्धी २३ औँ (कोप) विश्व सम्मेलनमा सहभागी अति कम विकसित देशका प्रतिनिधिहरूले अल्पबिकसित राष्ट्रहरूमा जलवायु परिवर्तनका कार्यक्रम सञ्चालन गर्नका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका हुन् ।जलवायु परिवर्तनका कार्यक्रमहरू सञ्चालन गर्नका लागि नेपाल जस्ता राष्ट्रहरूमा आवश्यक बजेट अभाव हुने अभाव रहेको सरोकारवालाहरुले बताएका छन् । सरोकारवालाहरुले जलवायु परिवर्तन न्यूनिकरणका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्न जलवायु परिवर्तन सम्बन्धी बनेका नीति नियमहरुको प्रभावकारी कार्यन्वयन आवश्यक रहेको बताएका छन् ।




जनसङ्ख्या तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओली

जनसङ्ख्या तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले प्रशान्त र हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनका असर र यसका मुद्धाहरुको विषयमा छलफल गर्नुपर्ने र प्रभावकारी कार्यन्वयन भए मात्रै दिगो विकासका लक्ष्य पूरा हुन सक्ने बताएका छन् । “नेपालले पनि राष्ट्रिय अनुकुलन योजना, दिगो विकास लक्ष्यको लक्ष्य १३ कार्यन्वयन योजना, जलवायु परिवर्तन नीति कार्यन्वयन योजनामा नेपालले काम गरिरहेकोे छ । ,” उनले भने, “जलवायु परिवर्तनका नीतिहरू मात्रै भनेर हुँदैनन्, यसको कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढाउनका लागि नीति कार्यन्वयन प्रभावकारी हुनु आवश्यक छ ।”


कोप २३ मा सहभागी हुन पुगेका नेपालका जलवायु परिवर्तन विपद्, तथा अन्य सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूले जलवायु परिवर्तनको हिसाबले नेपाल लगायतको अल्पबिकसित राष्ट्रहरुलाई प्रभाव बढी पारेको भन्दै समयमा नै न्यूनिकरण गर्न आवश्यक रहेको बताएका छन् । नेपालका प्रतिनिधिहरूले नेपालको पक्षमा अन्तर्राष्ट्रिय सम्मेलनमा आवाज उठाइरहेका छन् । जलवायु परिवर्तनका असर न्यूनिकरणका वैदेशिक साहायताको आवश्यक रहेको भन्दै आवाज बुलन्द रूपमा उठाएका छन् । विश्वव्यापी रूपमा जलवायु परिवर्तनका नीति नियमहरू बने पनि प्रभावकारी कार्यन्वयन हुन नसकेको भन्दै नीति कार्यन्वयन गर्न आवश्यक रहेको उनीहरूले बताएका छन् । जलवायु परिवर्तनविद् भास्कर कार्कीले जलवायु परिवर्तनका कारण हिमालको हिमताल फुट्ने, हिउ पग्लने जस्ता समस्याहरू नेपालमा देखा पर्दै आएको भन्दै यस्ता समस्याहरू समाधानका लागि समयमा नै पहल गर्न आवश्यक रहेको बताएका छन् । कार्बन व्यापारबाट हुने फाइदाको साथै नेपालले जलवायु परिवर्तनका कार्यक्रम मार्फत विपन्न वर्गको आर्थिक स्तरमा सुधार, लैङ्गिक समावेशिकरण, गरिबी निवारण लगायतका कुरामा पनि फाइदा लिनुपर्ने बताए ।


विज्ञहरुले जलवायु परिवर्तनको हिसाबले हेर्दा अन्य देशको तुलनामा नेपाल उच्च जोखिममा रहेको र यसको नकरात्मक प्रभावका कारण नेपाल प्राकृतिक विपत्तीहरु समाना गर्नुपरेको बताएका छन् । नेपाली प्रतिनिधिहरूले जलवायु परिवर्तन अनुकुलनका कार्यक्रम आकर्षक भएको भन्दै निरन्तरताको खाँचो रहेकोमा जोड दिए ।विज्ञहरुले भने, जलवायु अनुकुलन र न्यूनिकरणका कार्यक्रमहरू सञ्चालन गर्नका लागि नेपालले बजेट खर्च गर्न सक्दैन,यस्ता समस्याहरुलाई हल गर्न अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोगको अपिल गर्नुपर्छ । ”

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics