उद्धार गरिएको गैँडा निकुञ्जमा छाडियो

उद्धार गरिएको गैँडा

आज बिहान भारतबाट उद्धार गरिएको एक पोथी एकसिंगे गैँडा चितवन राष्ट्रिय निकुञ्जमा छोडिएको छ । नेपाल बाट ३० कि.मी भारत तर्फ वाल्मिकी टाइगर रिजर्वको मदनपुर क्षेत्रबाट बिहीबार गैँडा  उद्धार गरेर चितवन ल्याइएको थियो ।


बुधबार देखी जारी गैँडा खोजी कार्य बिहीबार बेलुकी ५ बजे टोलीले समात्न सफल भएको थियो । गत आइतबार गैँडा रहेको स्थान पत्ता लगाएर पशुचिकित्सक र प्राविधिज्ञ सहितको ४० जनाको टोली सहित मगलबार उद्धार लागि भारतामा पुगेका थिए । गैँडा उद्धारका लागि निकुञ्जबाट ४ वटा हात्ती  सोमबार भारत हिडेको थियो ।   ।


निकुजका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार फोनमार्फत नेपाली गैँडा भारतमा भेटिएको खबर जानकारी आएको थियो । निकुञ्जको अनुसार अझै एक गैँडाको भारतमा खोजी काम भइरहेको छ ।


यो समेत गरेर उद्धार टोली ८वटा गैँडा भारतबाट मात्रै उद्धार गरिसकेको छ । गत साउन ३१ गतेको बाढीले बगाएर गैँडा भारत पुगेको हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics