चुनावको मौका छोपी तस्करहरु सल्बलाए



प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा रौतहटस्थित राष्ट्रिय वन तीव्र रुपले  विनाश हुन थालेको छ । सुरक्षा निकायको ध्यान निर्वाचनतर्फ केन्द्रित भएकोले तस्करहरुले वन विनासमा सल्बलाएका  हुन  । दाउराको नाउँमा तीव्ररुपमा वन विनाश भएको देखेर केही दिनअघि गुजरा नगरपालिकाका प्रमुख सन्तलाल चौधरीले सार्वजनिकरुपमा प्रतिबन्ध लगाएका छन् ।

जिल्लन वन कार्यालय रैतहटको अनुसार हरिया रुखको दाउरा ढुवानी गर्ने ४५ वटा साइकल नियन्त्रणमा लिएको र सोही अवधिमा १३ जना काठ तस्करलाई कारबाहीको दायरामा ल्याएको छ ।

गिरेहले रातिराति सालका गोलिया काठ र ठूलो समूह दैनिक दर्जनैं हरिया रुख काटेर दाउराका रुपमा दुवानी गरीरहेको छ । स्थानिका अनुसार हाल भसेढवा, कनकपुर, रंगपुर, भैँसही, हरिहरपुरलगायत गाउँका संगठित तस्कर काठ तस्करी गरिरहेको छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics