केटोकोे उद्धार प्रयास जारी


 बाढीले बगाएर चितवन राष्ट्रिय निकुञ्ज बाहिर त्रिवेणी क्षेत्रमा रहेका बच्चा गैंडाको (केटो) तीन दिन सम्म पनि उद्धार टोलीले उद्धार गर्न सकेको छैन । उद्धार टोलीले बच्चा गैंडाको उद्धारको प्रयास निरन्तर रुपमा गरिरहेका छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण रामचन्द्र कडेलेका अनुसार बच्चा गैंडा अन्दाजी तीन चार वर्ष रहेको गैंडा धेरै भाग्ने साथै निकै बाठो भएकोले समात्न गाह्रो भएको जानकारी दिए । यो गैंडा उद्धार पछि फेरी भारतमा रहेको एक गैंडा उद्धारका लागि टोली फेरी भारत जाने छन् ।

नेपाली गैंडा भारतमा भेटिएको खबर आएपछि उद्धारका लागि एक साता अघि पशुचिकित्सक र प्रविधिक सहित ४० जना टोली भारत पुगेका थिए । उक्त टोलीले कार्तिक २३ गते एक पोथी गैंडा उद्धार गरेको थियो । निुकुञ्जबाट ४वटा हात्ती पनि उद्धारको लागि खटिएको छ ।

हाल सम्म उद्धार टोली ९वटा गैँडा भारतबाट मात्रै उद्धार गरिसकेको छ ।  गत साउन ३१ गतेको बाढीले बगाएर गैँडा भारत पुगेको हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics