ट्राफिक लाइट बाल्ने तयारी



बषौंदेखि बिग्रिएको ट्राफिट लाइटको मर्मतको काम सुरु गरिने  भएको छ । काठमाडौँ महानगर , सडक विभाग र महानगरीय ट्राफिक महाशाखाले पुरानै लाइट मर्मत गरेर सञ्चालनमा ल्याउने निर्णय गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि सडक विभागलाई तत्काल लाइट मर्मत गरेर सञ्चालनमा ल्याउन निर्देशन दिएको छ ।सोही निर्देशनअनुसार विभागले मर्मतका लागि अध्ययन गर्न लागेको छ ।

२०६५सालमा सडकमा अलपत्र बनेका ट्राफिक लाइट जापानी सहयोग नियोग जाइकाले जडान गरिदिएको थियो । केशरमहल, दरबारमार्ग, पुतलीसडक, सिंहदरबार, पद्मोदय मोड, गौशाला, कालीमाटी, थापाथली, माइतीघर, नयाँबानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटीलगायत चोकहरुमा ट्राफिक लाइट अलपत्र छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics