मंसिर१४ बाट बाघ गणना हुने


सरकारले अगामी मंसिर १४ गतेबाट बाघ गणना सुरु गर्ने  भएको छ । कार्तिक दोस्रो साता देखि नै गणना गर्ने कार्यक्रम भएपनि चुनाव लगायत प्रविधिक कारणले पछि सरेको हो ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मन बहादुर खड्काले पर्सा र चितवन निकुञ्जबाट सुरु हुने बताए ।

निकुञ्जको अनुसार गणनामा दुईहजार क्यामरा प्रयोग गरिने छ भने प्रविधिकहरु चाहिँ नेपाली नै खटिने छन् । गणनामा प्रत्येक दिन एउटा समूहले २५ वटा क्यमरा अनुगमन गर्नेछन् ।गणना लागि आवश्यक क्यामरा अष्ट्रिय , स्विजरल्यान्ड ,फ्रान्स र जर्मनीबाट ल्याइएको छ । केही नेपालमा भएको पुरानो क्यामरा पनि प्रयोगमा ल्याइने खड्काले बताए ।

पहिलो चरणमा पर्सा र चितवन पछि बाँके र बर्दियामा बाघ गणना गरिने छ । अन्त्यमा   शुक्लाफाँटामा बाघ गणना हुने छ ।   भदौं महिनामा काठमाडौँमा भएको नेपाल भारतको सीमा वारपार बैठकले नोभेम्बरमा दुवै देशमा एकै पटक बाघ गणना गर्ने निर्णय गरेको थियो । भारतमा भने बाघ गणना सुरु भइसकेको छ ।

वन मन्त्रालयको जैविक विविधता तथा वातावरण महाशाखाका प्रमुख डा महेश्वर ढकालका अनुसार २०१८ सम्ममा दुई देशका बाघ गणनाको प्रतिवेदन संयुक्त प्रकाशित हुने छ । साथै दुवै  राष्ट्रिहरुले डिसेम्बर २०१८ सम्म बाघको फोटोसहित डाटा बेस तयार गर्ने भएका छन् । नेपालको वाग्मतीदेखि भारतको यमुना नदीसम्मको तराई भू–परिधि कार्यक्रम ९ताल० लागू भएको ४५ हजार वर्ग्किलोमिटर क्षेत्रभित्रका १५ संरक्षित क्षेत्रमध्ये १२ वटामा बाघको बासस्थान रहेको पाइएको छ ।

यसअघि सन् २०१३ मा पनि नेपाल र भारतका संरक्षित क्षेत्रमा एउटै प्रविधिबाट एकैपटक बाघको गणना गरिएको थियो । सन २०१३मा नेपालमा वाघको सख्या १९८ थियो । नेपाल सरकारको २०२२ सम्मा बाघको सख्या दोब्बर बनाउने योजना छ । यो गणनाले नेपालमा बाघको संख्या बढेको देखाउने अपेक्षा गरिएको छ ।  गणनामा सहयोगी संस्थाहरू डब्लूडब्लूएफ नेपाल, जेडएसएल, प्रकृति संरक्षण कोषलगायतले आर्थिक तथा प्राविधिक सहयोग गर्ने छन् ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics