अन्तर्राष्ट्रिय भैंसी विज्ञको सम्मेलन सुरु



नेपालमा पहिलो पटक बुधवारदेखि अन्तर्राष्ट्रिय भैंसी विज्ञको सम्मेलन सुरु भएको छ । विश्वविद्यालयको पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायको आयोजनामा सुरु भएको सम्मेलनमा नेपालसहित विभिन्न ११ देशका २ सय जना भैँसीविज्ञ, वैज्ञानिक तथा विद्यार्थीको सहभागिता छ ।

‘भैंसीको उत्पादन वृद्धि ’ भन्ने मूल नाराको साथ सुरु भएको सम्मेलन तीन दिनसम्म चल्नेछ । सम्मेलनमा भारत,चीन,पाकिस्तान,बंगालादेश ,क्यानडा र अमेरिका लगायतका देशका भैंसी सम्बन्धी अनुसन्धानकर्ताहरुको सहभागी छन् ।

भैँसीको आनुवांशिक गुण वृद्धि गरी उत्पादन बढाउने र पोषण, स्वास्थ्य तथा भैँसीको व्यवस्थापनका विषयमा सम्मेलन केन्द्रित रहेको छ । सम्मेलनमा अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटी, फ्लोरिडा युनिभर्सिटी तथा नेपालको पशुसेवा विभाग, नार्कलगायत संघसंस्थाको सहयोग छ । नेपालमा तीन प्रजातिका लिमे, पार्कोटे र गड्डी भैंसी पाइन्छ । नेपालमा हाल ५० लाख भैंसी रहेको अनुमान छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics