नेपालमा स्वेदेशी कफीको माग बढयाे 


  नेपालकाे कफीको नेपालमै माग बढ्न लाागेकाे छ । भर्खरै आएको एक रिपोटले यो पृष्टी गरेको छ । नेपालमा उत्पादन  बढी रहदा आयात र निर्यात दर घटेको कारण नेपाली कफीको नेपालमै  खपत दर बढेको  छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डकाे अनुसार गत आर्थिक वर्ष २०७३/७४मा ५ करोड ४ लाख बराबरको रुपैँयाको ९९ मेट्रिक टन कफी आयात भएको छ । त्यस्तै ८ करोड ४५ लाख रुपैँया को ९५ मेट्रिक टनको कफी निर्यात भएको छ । आर्थिक वर्ष २०७२/७३ मा पाँच करोड ५५ लाख ९७ हजार मूल्यबराबरको कफी आयात भएको थियो भने निर्यात १० करोड ८१ लाख ९१ हजार मुल्यबराबरको भएको थियो ।


अघिल्लो वर्षहरुको तुलनमा कफीको आयत र निर्यात दुवै घटेको छ ।  राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले भने , ‘उत्पादन बढिरहँदा आयात र निर्यात दुवै घट्नुले नेपाली कफीको बजार नेपाल भित्रै बढ्दै गएको अनुमान गर्न सकिन्छ। देशभर कफी क्याफे हाउसहरूको विस्तारले नेपाली कफीको लोकप्रीयता बढ्दै गएको पाइन्छ । ’


नेपालमा उत्पादन भएको कफी सबैभन्दा  धेरै माग काठमाडौं र त्यस पछि पोखरा रहेको छ । नेपालको कफी विश्वमा नै माग रहेको छ ।  कफी  व्यवसाय कृष्ण धिमिरे अनुसार नेपाली कफी ६ हजार मेट्रिक टन कफी माग रहेपनि उत्पादन भने हुन नसकेको बताए ।  धिमिरेले भने , ‘नेपालको कफी सबैले मन पराउँछन् । उत्पादन बढाउन जोड दिनुपर्ने आजको आवश्यक रहेको छ । ’


यो वर्ष आर्थिक सम्वृद्धिको लागि गुणस्तरीय कफी उत्पादन सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान नाराको साथ १३औं कफी दिवस मनाउने भएको छ । हरेक वर्ष मंसिर १ गते नेपालमा राष्ट्रिय कफी दिवस मनाईन्छ ।


 नेपलको सिन्धुपालचोक, गुल्मी र ललितपुर क्षेत्रहरुमा  अन्र्तराष्ट्रिय सहकार्यमा कफी उत्पादन भइरहेको छ  । नेपालमा कफीको इतिहास ४७ वर्ष पुरानो छ । नेपालमा सर्वप्रथम कफी भित्र्याउने श्रेय हिरा गिरीलाई जान्छ । बर्मामा जगिरे रहेका उनले सन् १९९५ मा बर्माबाट अरेबिया जातको कफीको बोट गुल्मीमा भित्र्याएका थिए । उनले बर्माबाट ल्याएको बोट गुल्मीमा रोपेका थिए । त्यहीँबाट नेपालमा ४२ जिल्लामा कफीको व्यावसायिक खेति हुँदै आएको छ ।


कफीको न्यूनतम मूल्य सार्वजनिक 


मंसिर १ गतेदेखि लागू हुने गरी गत वर्षकै मूल्यलाई न्यूनतम मूल्य कायम गरेको छ । बोर्डले अर्गानिक प्रमाणीकरण भएको ए ग्रेडको प्रतिकिलो फ्रेस चेरी कफीलाई ८३ रुपैयाँ मूल्य निर्धारण गरेको छ । यस्तै सोही समूहअन्तर्गतको अर्गानिक प्रमाणीकरण नभएको बी ग्रेडको कफीलाई ७८ रुपैयाँ कायम भएको छ । पार्चमेन्टतर्फ अर्गानिक प्रमाणीकरण भएको ए ग्रेडको प्रतिकिलो कफीलाई चार सय १५ र अर्गानिक प्रमाणीकरण नभएको बी ग्रेडको प्रतिकिलोलाई चार सय रुपैयाँ कायम भएको छ । यस्तै ड्राइ चेरीतर्फ ए ग्रेडको प्रतिकिलोलाई एक सय ४०, बी ग्रेडको प्रतिकिलोलाई सय र सी ग्रेडको प्रतिकिलोलाई ४० रुपैयाँ किसान मूल्य कायम गरिएको छ ।


यस वर्ष कफीको क्षेत्रमा भएका प्रमुख गतिविधी र उपलब्धीहरू


१। कफी रोपण वर्ष घोषणा गरी करिव ७ लाख गुणस्तरीय कफी विरूवा रोपण भएको ।


२। विश्व कफी क्षेत्रको सर्वोच्च संस्था   इन्टरनेसनल कफी अरगनाइजेसन को सदस्यता लिइएको ।


३। इन्टरनेसनल ट्रेड सेन्टर   को सहयोग र वाणिज्य मन्त्रालयको अगुवाइमा कफीको राष्ट्रिय निर्यात रणनीति तयार भएको।


४। कफी क्षेत्रको विकासका लागि ५ वर्षे रणनीतिक योजना तयारी भएको ।


५। नेपाली कफीको राष्ट्रिय मापदण्ड तयारीका लागि नेपाल गुणस्तर तथा नापतौल विभाग मार्फत कार्य भर्इ रहेको

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics