५८ करोड मूल्य बराबरको चामल आयात



चालू आर्थिक वर्षको पहिलो दुई महिनामा तीन अर्ब ५८ करोड मूल्यबराबरको चामल आयात भएको छ । मागअनुसार चामल उत्पादन नहुँदा बर्सेनि २५ अर्ब रुपैयाँभन्दा बढीको चामल भारत, इटाली, बहराइन, चीन, थाइल्यान्ड, कोरिया, जापान, मलेसिया, बंगलादेश अमेरिका, सिंगापुर र भियतनामबाट आयात हुँदै आएको छ ।

यो आर्थिक वर्षमा पनि धान उत्पादन बढे पनि करिब तीन लाख टन चामल अपुग हुने भएको छ । गतवर्षको तुलनामा यो वर्ष करिब एक लाख ७० हजार टन बढी धान फल्ने प्रक्षेपण सरकारले गरेको छ । कृषि विकास मन्त्रालयको प्रारम्भिक तथ्यांकअनुसार यो वर्ष ५४ लाख टन धान उत्पादन हुनेछ । गत वर्ष इतिहासमै सबैभन्दा बढी ५२ लाख ३० हजार टन धान उत्पादन भएको थियो । हाल नेपालको कुल जनसंख्या दुई करोड ८९ लाख ८२ हजार सात सय ७१ जना छ । वार्षिक ३५ लाख ३५ हजार आठ सय ९८ टन ९तीन अर्ब ५३ करोड ५८ लाख ९८ हजार किलो० चामल आवश्यक पर्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको पोषणसम्बन्धी तथ्यांकअनुसार एकजना नेपालीलाई वार्षिक एक सय २२ किलो चामल आवश्यक पर्छ ।

सरकारी आँकडाअनुसार चालू आर्थिक वर्ष करिब ५७ अर्ब मूल्यबराबरको ५४ लाख टन धान उत्पादन हुँदै छ । यो परिमाणको धानबाट करिब ३२ लाख ४० हजार टन चामल तयार हुन्छ । माग र उत्पादित धानका आधारमा चालू आर्थिक वर्षमा दुई लाख ९५ हजार आठ सय ९८ टन चामल (२९ करोड ५८ लाख ९८ हजार ६२ किलो) अपुग हुनेछ । सय किलो धानबाट ६० किलो चामल तयार हुन्छ ।

मन्त्रालयका अनुसार यो वर्ष पनि अत्यधिक परिमाणमा धान उत्पादन गर्ने जिल्लामा पाँचवटा जिल्ला दरिएका छन् । यसअनुसार झापा पहिलो नम्बरमा परेको छ । यस्तै कैलाली, मोरङ, कपिलवस्तु र रूपन्देही जिल्ला पनि अत्यधिक धान उत्पादन गर्ने जिल्लामा परेका छन् । तथ्यांक लिने काम जारी भएकाले उत्पादनको यकिन जानकारी आइपुगेको छैन । यो वर्ष १४ लाख ८३ हजार नौ सय १४ हेक्टरमा धानको रोपाइँ भएको थियो । ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics