बहादुरगजको बहादुरी…….





माथिका यी गाडी दुर्घटनामा परेका होइनन् । न त एकापसमा जुधेर यिनको हालत यस्तो भएको नै हो । एका बिहानै ६ बजे बहादुरगज नामको हात्तीले पहिले भिटिआरको एउटा गाडी पल्टायो । क्षणभरमै अर्को एउटा गाडीलाई एक लात हानेर १० फिट पर पुर्याइदियो । बहादुरगज त्यत्तिमै रोकिएन । नजिककै एउटा ट्रकमा जाइलाग्यो र प्वाल नै पारिदियो ।

क्षणभरमै यो हात्तीको वितण्डा देखेपछि भागाभाग नै भयो । भारतका वनका कर्मचारी यसको नजिक जान सक्ने नै भएन ।


वरिष्ठ पशु चिकित्सक डा. कमल गैरेका अनुसार बढी थकानको कारण हात्तीले यस्तो वितण्डा मच्चाउने गर्छ । ‘ नयाँ परिवेशमा र थकाई महशुस गरेको बेलामा हात्तीले यस्तो व्यवहार देखाउछ ’, उनले भने ,‘यो उसको प्रकृतिक गतिविधि हो ।’

सुरुमा नेपालबाट बगाएर लगेको गैंडा उद्धरका लागि यही हात्ती प्रयोग गर्ने सोंच नेपाली र भारतीय वन्यजन्तु प्राविधिकको थियो ।

हाम्रै नेपालमा एक ताका वितण्डा मच्चाएको धुर्बे हात्ती जत्तिकै उग्र देखेपछि यसलाई गैंडा खोज्ने काममा प्रयोग नगरिएको पशु स्वास्थ्य प्राविधिक पुरुषोत्तम पाण्डेले बताए । बहादुरगजले नाम अनुसारको करामत नै देखायो, पाण्डेले सुनाए, पछि सुधो हात्तीको सहारा लिएर नेपाली गैंडाको उद्धार गरियो ।

तस्बिरहरु: पुरुषोतम पाण्डे

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics