पर्यटन व्यवसायलाई वातवारणमैत्री बनाउन सौराहामा आचारसंहिता


पर्यटन क्षेत्रलाई व्यवस्थित गरी पर्यटनमैत्री बनाउन चितवनमा  सौराहाका व्यवसायीले १६ बुँदे आचारसंहिता जारी गरेका छन् ।ध्वनि प्रदूषणमा नियन्त्रण, पर्यटनमैत्री वातावरण, वन, वन्यजन्तु र वातावरण संरक्षणलाई केन्द्रमा राखेर व्यवसायीले। आचारसंहिता जारी गरेका हुन् ।क्षेत्रीय होटल संघ, क्षेत्रीय रेवान, प्रहरी, नेचर गाईड एशोसिएशन, बाघमारा वन, हात्ती सहकारी र साना पर्यटन व्यवसायी समूहको लगायतले संयुक्तरुपमा जारी गरिएको विज्ञप्तिमा कुनै मेला महोत्सवबाहेक जाडो समयमा राति ११ बजेसम्म र गर्मी समयमा १२ बजेसम्म होटल रेष्टुराँ सञ्चालन गर्ने उल्लेख छ ।


पर्यटकलाई बीच बाटोमा रोकेर हात्ती, जिप सफारी तथा होटलको कोठा बेच्न नपाउने, पर्यटन क्षेत्रका बाटोघाटोमा गाडी रोक्न नपाउने, पोशाकमा आएका विद्यार्थीका लागि जिम्मेवार अभिभावक नभएसम्म कोठामा बस्न नदिने, स्वीमिङ पुलमा अनिवार्यरुपमा लाइफ ज्याकेट राख्ने, अनुमति बिना ड्रोनको प्रयोग गर्न नदिने गरी आचारसंहिता बनाइएको छ ।


आगामी पुस १ गतेदेखि भने सौराहालाई हर्न निषेध क्षेत्र घोषणा गरिने तयारीसमेत गरिएको छ । नेपालको तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहा वाइल्डलाइफ टुरिजमका लागि प्रशिद्ध रहेको छ । सौराहाको पर्यटन चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँका जनावर, पंक्षीहरुमा अडिएको छ । हात्ती चढेर जंगल सफारी गर्नु, वन्यजन्तुहरु हेर्नु, राप्ती नदिमा डुङ्गा सयर गर्नु, सूर्यास्त हेर्नु, थारु कल्चरको अवलोकन गर्नु सौराहाका आकर्षणहरु हुन् ।सौराहामा विदेशी पर्यटकहरुमात्र होइन स्वदेशी पर्यटकहरु पनि प्रशस्त पुग्ने गरेका छन् । यहाँ दैनिक दुई हजार ८०० पर्यटक बस्न सक्ने क्षमता छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics