भूकम्पपीडितको बस्तीमा आकाशे पानी

भक्तपुर च्यामासिंहस्थित लिवालीमा वर्षौंदेखि खानेपानीको अभाव झेल्दै आएका भूकम्पपीडितको बस्तीमा सहज खानेपानी वितरण गर्ने उद्देश्यले आकाशे पानी संकलन केन्द्र सञ्चालनमा ल्याइएको छ ।
गुठी नामक संस्थाको सहयोगमा आकाशे पानी संकलन केन्द्र केन्द्र निर्माण भएको हो ।

भूकम्पपीडित बस्तीका ३० वटा टहराको छानोबाट आउने आकाशे पानीलाई संकलन गरी ट्याङ्कीमा पानी जम्मा गर्ने र पानी नपर्ने मौसममा बस्तीमा रहेको इनारको पानी तानेर ट्याङ्कीमा जम्मा गरी बस्तीमा दैनिक खानेपानी वितरण गर्ने व्यवस्था गरिएकोे छ ।

बस्तीमा तीन वटा धारो राखिएको छ भने यहाँको पानीले भूकम्पपीडित बस्तीको ६० घर परिवार र स्थानीय ९० घरपरिवार गरी १५० घरपरिवार लाभान्वित भएका छन् ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics