चीनः निङ्बो शहरमा ‘ठूलो विस्फोट’



चीनको दक्षिणी सांघाइमा पर्ने पूर्वी बन्दरगाह शहर निङ्बोस्थित एउटा कारखानामा 'ठूलो विस्फोट' हुँदा कम्तीमा दुईजनाको मृत्यु र कैयौँ घाइते भएको विवरण प्राप्त भएका छन्। जिआङ्बे जिल्लास्थित उक्त कारखानामा स्थानीय समय अनुसार बिहान ९ बजे विस्फोट भएको बताइएको छ।

विस्फोटका कारण नजिकका केही भवनहरु ढलेका छन्। सरकारी टेलिभिजन सीसीटीभीका अनुसार प्रत्यक्षदर्शीले 'ठूलो संख्यामा' मानिसहरु घाइते भएको बताएका छन्।उद्धार कार्य जारी रहँदा कम्तीमा ३० जनालाई अस्पताल पुर्‍याइएको स्थानीय सञ्चारमाध्यमले बताएका छन्।विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले सामाजिक सञ्जालमार्फत जनाएको छ।

बीबीसी

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics