३२ महिनापछि लमजुङमा पुनर्निर्माण कार्यालय स्थापना

लमजुङमा राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयको भूक्म्प गएको ३२ महिनापछि स्थापना भएको छ ।सरकारको बाटो कुरेर बसेका पूर्वी लमजुङका जनता अहिलेसम्म टहरामै बस्दै आइरहेका छन् ।
लमजुङमा थोरै भूकम्पपीडितले पुननिर्माणका लागि दोस्रो किस्ता पाए पनि केहीले भने अझै पहिलो किस्ता पाएका छैनन ।

जिल्लाका १३ हजार ९ सय ५९ घरधुरी लाभग्राही सूचीमा परेका छन् । १३ हजार ८४ नीजि घर निर्माणको सम्झौता भएको छ । यी मध्ये १२ हजार ५ सय ६१ घरधुरीले ५० हजार रुपैयाँका दरले पहिलो किस्ता बुझिसकेका छन् भने ७५ घरधुरीले दोस्रो किस्ता प्राप्त गरेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics