घुमघाम उपयोगी एक्सलट्रिपको सफ्टवेयर

विदेश भ्रमणका लागि भिसा शुल्क एयर टिकट र होटेल बुकिङ्ग अब नेपालमै एटिएम र के्रडिट कार्डको प्रयोग गरी सेवा लिन पाउने भएको छ ।

अमेरिकाको क्यालिफोर्निया रहेको एक्सलट्रिपले एटिएम र क्रेडिट कार्डबाट आफुले चाए अनुसारकोे सेवा लिन सफ्टवेयर संचालनमा ल्याएको हो ।

एक्सलट्रिपका संचालक हब खड्काले एड्भान्स टेक्नोलोजि प्रयोग गरि पर्यटन क्षेत्रलाई चुस्त र छरितो बनाउन यो सेवाको प्रयोग गरिएको बताए ।

अमेरिका, युरोप लगायत एसियाका विभिन्न देशहरुमा भ्रमणका लागि यो सेवाको प्रभावकारीता बढ्दो छ ।

विदेश भ्रमणका लागि भिसा मगाउन, होटल तथा टिकट बुकिङ्ग गर्न ट्राभल एजेन्सीको जानुपर्ने अबस्थालाई यो प्रविधिले सहज बनाउने छ ।

ब्लकचेन टेक्नोलोजि प्रयोग गरिएको यो सेवा विश्वका ९ देशमा उपलब्ध छ । ब्लकचेन टेक्नोलोजिलाई सुरक्षित लेजर पनि भनिन्छ । यो सेवा नेपाली पर्यटन क्षेत्रमा नौलो आयम हुने विश्वास गरिएको छ । ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics