मान्छे मार्ने हात्तीलाई रेडियो कलर

यही हात्तीले कोशीटप्पु आरक्षमा दुई जनालाई आक्रमण गरेर ज्यान लिएको थियो । तस्बिर: पुरुषोतम पाण्डे

कोशीटप्पु वन्यजन्तु आरक्षमा मंसिर ११ गते दुई जनाको ज्यान लिने हात्तीमा रेडियो कलर जडान गर्न भएको छ । मानव र वन्यजन्तुको आक्रमण नियन्त्रणको लागि रेडियो कलर जडान गर्न लागिएको हो ।


कलार जडान गर्नको लागि अहिले नेपालका हात्तीबारे विद्यावारिधी गरिरहेका पर्सा निकुञ्जका सहायक वार्डेन अशोक राम , पशु स्वास्थ्य चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक पुरुषोत्तम पाण्डे ,कोशीटप्पु वन्यजन्तु आरक्ष , राष्ट्रिय प्रकृति संरक्षण कोष लागायत बाट २५ जनाको टोली हात्तीमा कलर जडानको लागि खटिएका छन् । कलर जडानको लागि ५वटा हात्ती प्रयोग गरिएको छ ।


पशु स्वास्थ्य प्राविधिक पुरुषोत्तम पाण्डेले अब सक्दो चाडो हात्तीलाई नियन्त्रण लिएर रेडियो कलर जडान गरिने बताए ।


पछिल्ला वर्षहरूमा यो आरक्षमा मानवीय क्षति बढ्दो छ । यो क्षेत्रमा खास गरी हात्तीको आक्रमण बढी हुने गरेको साहले बताए । हात्तीलगायतका वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनेका परिवारलाई सरकारले १० लाख रुपैयाँ राहत दिने गरेको छ । नेपालमा सबैभन्दा बढी हात्तीका कारण बढी मानवीय क्षति हुने गरेको छ । चितवन, बर्दिया, पर्सा र शुक्लाफाटा निकुञ्जबाट निस्किएका हात्तीले वितण्डा मच्चाउने गरेको छ । पूर्वी नेपालको झापामा भने भारतबाट आएका जंगली हात्तीले बर्सेनि क्षति गर्ने गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics