पाँच पोथीमा फस्यो ज्यानमारा हात्ती

बिहीबार  बेलुका झिसमिझे साझमा कोशीटप्पु वन्यजन्तु आरक्षभित्र पाँच घरपालुवा हात्ती लिएर प्राविधिक टोली श्रीलङ्का टाप्पूमा पस्यो । ज्यानमारा हात्ती नियन्त्रणमा लिने चार दिनदेखिको प्रयास असफल भएपछि आरक्ष प्रशासनले यो जुक्ति निकालेको थियो । अन्तत ःचार दिनदेखि ज्यानमारा हात्ती नियन्त्रणमा लिने असफल प्रयासलाई पाँच पोथी हात्तीले बिहानै संम्भव बनाइदिए । आरक्षमा मानिसको ज्यान लिइरहेको करिब ४० वर्षको सो हात्तीलाई पाँच पोथी पासो थापिएको थियो ।



पोथी हात्ती देखेपछि नजिक आउने विज्ञहरुको अनुमानका आधारमा प्राविधिकहरु डार्ट गर्न(बेहोस पार्ने बन्दुक) सहित बिहीबार  बेलुका जंगल पसेका थिए । उसको गतिविधि अनुगमनका लागि रेडियो कलर झुण्ड्याउनका लागि नियन्त्रणमा लिन प्राविधिकहरुको अरू उपाय नलागेपछि पोथी हात्ती अघि सारिएको थियो । पोथी नजिक आएपछि नियन्त्रणमा लिएको हात्तीमा शुत्रबारै रेडियो कलर पनि जडान गरिएको छ ।

घरपालुवा हात्ती राखेको क्याम्प जंगल बाहिर भएकोले त्यसैको लागि आउने क्रममा हात्तीले वाली नाशको साथै मान्छेलाई पनि आक्रमण गर्न गरेको पाइएको चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलकले बताए । उनले भने , ‘हात्तीले धेरै समस्या दिएकोले मनोवैज्ञानिक नियन्त्रको लागि पनि रेडियो कलर जडान गरिएको हो । ’हात्तीलाई बिहान ४ः ४१मा डार्ट गरिएको थियो । हात्ती जंगल भित्र पसिसकेको छ । अहिले टोलीलले रेडियो कलर गरेको हात्तीलाई अनुगमन गरिराखेका छन् ।



उक्त हात्तीले मंसिर ११ गते दुईजनाको ज्यान लिएको थियो भने एकजनालाई गम्भिर घाइते बनाएको थियो ।

कलार जडान गर्नको लागि नेपालका हात्तीबारे विद्यावारिधी गरिरहेका पर्सा निकुञ्जका सहायक वार्डेन अशोक राम , पशु स्वास्थ्य चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक पुरुषोत्तम पाण्डे ,कोशीटप्पु वन्यजन्तु आरक्ष , राष्ट्रिय प्रकृति संरक्षण कोष लागायत बाट २५ जनाको टोली खटिएका थिए ।पछिल्लो वर्षहरूमा यो आरक्षमा हात्तीको आक्रमणबाट मानवीय क्षति बढ्दो छ ।

नेपालमा सबैभन्दा बढी हात्तीका कारण बढी मानवीय क्षति हुने गरेको छ । चितवन, बर्दिया, पर्सा र शुक्लाफाटा निकुञ्जबाट निस्किएका हात्तीले वितण्डा मच्चाउने गरेको छ । पूर्वी नेपालको झापामा भने भारतबाट आएका जंगली हात्तीले बर्सेनि क्षति गर्ने गरेको छ ।

तस्बिरहरु: पुरुषोतम पाण्डे

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics