सामुन्द्रिक चक्रवातको असर हिमाली क्षेत्रमा पर्ने अनुमान

पूर्वी अरव सागरमा अवस्थित धेरै शक्तिशाली सामुन्द्रिक चक्रवातको नेपालमा पनि प्रभाव पर्न सक्ने मौसमविद्ले बताएका छन् । यसको प्रभावले देशका हिमाली भू–भागमा हिमपातको सम्भावना देखिएको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर सचेत गराएको छ ।

हिमपातको प्रत्यक्ष असर हिमाली पर्वतारोहीमा पर्न सक्ने देखिएकाले चक्रवात रहँदासम्म विशेष सावधानि अपनाउन आग्रह गरेको छ । भू उपग्रहवाट प्राप्त तस्बिर तथा गणितीय मौसम पूर्वानुमानका आधारमा महाशाखाले तीन दिनको मौसमी अवस्थाबारे आकलन गरेको छ ।

सोमवारदेखि पश्चिम र मध्य क्षेत्रको हिमाली भेगमा वदलि रही हल्का हिमपातको सम्भावना रहेको मौसमविद् सुवास रिमालले बताए । मंगलवार पश्चिम क्षेत्रमा सामान्यतया वदलि रही पश्चिम र मध्ये क्षेत्रको हिमाली भेगका केही स्थानमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको उनले उल्लेख गरे।

बुधवार पनि पश्चिम र मध्य क्षेत्रमा सामान्यतया वदलि रही हिमाली भेगका केही स्थानमा हल्का देखि मध्ययम खालको हिमपात जारी रहनेछ । साथै पूर्वी हिमाली क्षेत्रको एक दुई स्थानमा हल्का हिमपात हुनुका साथै पश्चिमका केही क्षेत्रहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics