भोजपुरको सुन्तले डाँडामा वन उद्यान पार्क बन्दै

भोजपुरको सुन्तले डाँडामा वन उद्यान पार्क निर्माणको काम सुरु भएको छ । जिल्ला वन कार्यालय भोजपुरको करिब रु ८ लाख आर्थिक सहयोग तथा भोजपुर नगरपालिका र सामुदायीक वन उपभोक्ता जिल्ला महासंघको प्राविधिक सहयोगमा निर्मित पार्कको सोमबार एक कार्यक्रमका बीच वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले उदघाटन गरेका छन्।

महानिर्देशक कृष्णप्रसाद आचार्यलेपार्क निर्माणले भोजपुरको पर्यटन विकासको क्षेत्र र सामुदायिक वन तथा उपभोक्ताहरुको आर्थिक विकासमा समेत टेवा पुग्ने बताए । आन्तरीक तथा बाह्य पर्यटकका लागि महत्वपूर्ण स्थलको रुपमा रहेको सोही पार्कमा बस्नका लागि फलैंचा, धारा, शौचालय तथा बगैँचा पनि निर्माण गरिदै छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics