वन अभियानकर्ताको जीत

रमा आले मगर ,नारायण वुर्जामगर, कैलाश ढुंगेल


वर्षौदेखि वन संरक्षण र समुदायको अधिकार स्थापित गराउने अभियानमा क्रियाशील व्यक्तिले पनि विजयको माला पहिरिएका छन् । देशका विभिन्न जिल्लामा अहिलेसम्म तीनजना प्रतिनिनिधीले चुनाव जितेको देखिएको छ ।

वन संरक्षण र समुदायका अधिकारका क्षेत्रमा लामो समयदेखि कार्यरत हिमवन्ती नेपालकी अध्यक्ष रमा आले मगर काठमाडौँ क्षेत्र नम्बर १० को (क), सामुदायिक वन उपभोक्ता महासंघ उदयपुरका अध्यक्ष नारायण वुर्जामगर र कफ्सन रामेछापका संस्थापक अध्यक्ष कैलाश ढुंगेल प्रदेश सभाको सदस्य पदमा निर्वाचित भएका हुन् । अरू जिल्लामा पनि वन संरक्षण क्षेत्रमा कार्यरत उम्मेदवारहरु मैदानमा छन् ।

मत गणना भईरहेकाले अन्तिम परिणाम आउन केही समय लाग्नेछ । गत वैशाख र असारमा भएको स्थानिय तहको चुनावमा पनि संरक्षणमा लामो समयदेखि कार्यरत सयौँले चुनाव जितेर स्थानिय सरकारको नेतृत्व गरिसकेका छन् ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics