बाघ संरक्षण गर्न बनाइयो उच्चस्तरीय काउन्सिल



विश्व बाघ मञ्ज (जीटीएफ) अन्तर्गत्को कन्जरभेसन एसुअर्ड टाइगर स्टान्डर्ड (क्याट्स) ले बाघ पाइने सबै देशका बाघ संरक्षण गर्ने सरकारी निकायका प्रमुख सदस्य रहने गरी एक उच्चस्तरीय काउन्सिल बनाएको छ । इन्डोनेशियाको बगोरमा भएको क्याट्सको वैठकले उच्चस्तरीय काउन्सिल बनाएको बैठकमा सहभागी डब्लूडब्लूएफ नेपालका फिल्ड कार्यक्रम निर्देशक शिवराज भट्टले बतँए । विश्व बाघ मञ्च (जीटीएफ) ले संयोजन गर्ने क्याट्समा बाघ पाइने नेपालसहित १३ वटै देशका संरक्षण निकायका प्रमुख सदस्य छन् ।

नेपालबाट निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खडका क्याट्सका सदस्य तथा नेपालमा राष्ट्रिय समितिका अध्यक्ष छन् । निर्देशक भट्टका अनुसार क्याट्समा सदस्य रहेका सबै देशका राष्ट्रिय अध्यक्ष (बाघलगायतका वन्यजन्तु संरक्षण गर्ने विभागका प्रमुख) हरुको अलग्गै काउन्सिल बनाइएको हो । काउन्सिलको अध्यक्ष्ँको जिम्मेवारी अल्फाबेट अनुसार भुटानलाई दिइएको छ । एक वर्षपछि भुटानले अर्को देशलाई अध्यक्ष्ँ हस्तान्तरण गर्नेछ ।

क्याट्समा नेपालको चितवन निकुञ्ज दर्ज भइसकेको छ । चोरी सिकार शून्यमा झर्नुका साथै बाघको संरक्षण राम्रो भएको भन्दै चितवन निकुञ्जलाई क्याट्सले कन्जरभेसन एसुअर्ड टाइगर स्टान्डर्ड (क्याट्स) सूचीमा दर्ज गरेको हो । यो संगै चितवन निकुञ्जको महत्व अन्तराष्ट्रियस्तरमा बढोत्तरी भएको छ । नेपालबाट क्याट्सको वैठकमा क्याट्सको राष्ट्रिय समितिका अध्यक्ष एवं निकुञ्ज विभागका महानिर्देशक खडकाले खटाएका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईसहित डब्लूडब्लूएफका फोकल व्यक्ति भट्ट र स्वतन्त्र विज्ञका तर्फबाट पूर्व महानिर्देशक श्याम बजियम र विज्ञ दिवाकर चापागाई“ सहभागी थिए । वैठकमा बाघ पाइने १३ देशमध्ये ९ देशका सरकारी अधिकारी र स्वतन्त्र विज्ञहरु सहभागी थिए ।

भट्टका अनुसार भर्खरै गठित काउन्सिलले आफ्नो कार्ययोजना (टिओआर) आफैं बनाएर अघि बढ्नेछ । ‘बाघ पाईने देशहरुका निकुञ्जहरुलाई क्याट्समा दर्ज गराउन आवश्यक सहयोग जुटाउनुका साथै आर्थिक तथा प्राविधिक सहयोगको जोहो गर्नेछ,’ उनले भने । अहिलेसम्म बाघ पाइने १३ देशका ४५ वटा बाघ पाइने स्थान क्याट्समा घोषित हुन क्याट्सको अन्तराष्ट्रिय समितिसमक्ष नाम दर्ता गराएका छन् । अहिलेसम्म चितवन निकुञ्जसहित रुस र भारतको एक÷एक वटा गरी जम्मा तीन वटा मात्र निकुञ्ज क्याट्समा दर्ज भएका छन् । काउन्सिलले क्याट्समा दर्ज हुन घोषित स्थानलाई अघि बढाउन तथा तीनलाई सक्ष्ँम बनाउन मुख्य भूमिका खेल्नेछ । दर्ज भइसकेका स्थानमा देखिएका समस्या पहिचान गर्दै बजेट विनियोजन गर्न र अन्य प्राविधिक सहयोगसमेत जुटाउनेछ । क्याट्समा दर्ज भएको चितवन निकुञ्जमा डब्लूडब्लूएफ नेपालमार्फत् चोरी सिकारी नियन्त्रणका साथै सुरक्षा पोष्टहरुमा खानेपानीको व्यवस्थापनलगायतका काम भइरहेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics