वन्यजन्तुको आक्रमणबाट कोशीटप्पुमा ११ जनाको मृत्यु



कोशीटप्पु वन्यजन्तु आरक्षमा वन्यजन्तुको आक्रमणमा परी ११ जनाको ज्यान गएको छ । चालु आर्थिक वर्ष र गत् आर्थिक वर्षमा गरी यो संख्यामा सर्वसाधारणको ज्यान गएको हो।

कोशीटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत श्याम साहले गत आर्थिक वर्षमा हात्तीको आक्रमणबाट पाँच र अर्नाको आक्रमणबाट दुई जनाले ज्यान गुमाएको जानकारी दिए ।

यसैगरी चालु आर्थिक वर्षमा हात्तिकोे आक्रमणबाट चार जनाको मृत्यु भएको छ ।

कोशीटप्पु वन्यजन्तु आरक्षमा यो आर्थिक वर्षमा एउटै हात्तीको आक्रमणबाट ३ जनाको ज्यान गएको थियो । मंसिर ११ गते दुई जनाको ज्यान लिएको थियो भने त्यसको भोलिपल्ट थप एक जनाको ज्यान गएको थियो ।

उक्त हात्तीलाई नियन्त्रणमा ल्याउन मंसिर १५ गते रेडियो कलर जडान गरिएको थियो । यो आरक्षमा हात्तीलाई रेडियो कलर जडान यो नै पहिलो हो ।

यसरी रेडियो कलर जडान भएपछि हात्ती कुन स्थानमा के गरिरहेको छ भनेर सजिलै थाहा पाउन सकिने भएकाले भावी घटना पूर्व नै सचेतना अपनाई घटनालाई नियन्त्रणमा लिन सकिने विश्वास गरिएको छ ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics