नेपाल आफैले सगरमाथाको उचाँई मापन गर्ने




विश्वको सर्वोच्च शिखरको उपाधि पाएको सगरमाथाको उचाइ सरकार आफैले मापन गर्ने भएको छ । सरकारले आफ्नै स्रोत साधन प्रयोग गरी उक्त शिखरको उचाई मापन गर्ने गृह तयारी गरेको हो ।

भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सह प्रवक्ता पुण्यविक्रम पौडेलले मापनका लागि सरकारले दुई करोड रुपैयाँ बिनियोजन गरेको जानकारी दिए ।
भूमिसुधार मन्त्रालयले सगरमाथाको उचाइ नेपालले आफ्नै स्रोत र जनशक्ति प्रयोग गरी मापन गर्नुपर्छ भनेर गतवर्ष नै नीति तथा बजेट प्रस्ताव गरेका थियौँ, उनले भने,सरकारले बजेट तथा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेपछि हामीले आवश्यक तयारी गरी मापन गर्ने प्रक्रियालाई अन्तिम चरणमा पुरयाएका छौँ।

भूमिसुधार तथा व्यवस्था मन्त्रालयको नापी विभागले उचाइ मापनको कार्य अगाडि बढाउने छ। मापन कार्य सुरु गर्नुपूर्व विभागले भारत, चीन लगायत विभिन्न देशका नापनक्सासँग सम्बन्धित केन्द्रीय निकायका प्रतिनिधि, वैज्ञानिकसहितको अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गरेर कसरी मापन गर्ने भन्ने विषयमा छलफल गरेको छ।

मंसिर २५ र २६ गते काठमाडौँमा भएको गोष्ठीमा नापी विभागले मापनका लागि तयार पारेको कार्यविधिमा पनि छलफल भएको सहप्रवक्ता पौडेलले जानकारी दिए।

विश्वको सर्वोच्च शिखरका रूपमा रहेको सगरमाथाको उचाइको आधिकारिकताबारे विभिन्न चर्चा भइरहेका बेला नेपालले अन्तर्राष्ट्रियस्तरमा मान्य हुने प्रविधि प्रयोग गरी मापन गर्ने गृहकार्य अगाडि बढाइएको हो।

यसअघि १७० वर्षअघि तत्कालीन सर्वे अफ इन्डियाले सगरमाथाको उचाइ मापन गरी ८ हजार ८४८ मिटर भएको निष्कर्ष निकालेको थियो। तत्पश्चात् विभिन्न समयमा विभिन्न निकायले उचाइ मापन गरी फरक फरक उचाइ निकालेका थिए। तर त्यसले आधिकारिक मान्यता भने पाएको थिएन।

आगामी दुई वर्षभित्र उचाइ मापन कार्य सक्ने विभागले जनाएको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics