पुस ११ देखि हात्ती महोत्सव

A+ A-



सौराहामा १४ औं हात्ती महोत्सव हुने भएको छ । आगामी पुस ११ गते देखि १५ गते सम्म महोत्सव हुने आयोजकले जनाएको हो ।

समाज, संरक्षण र समृद्धि’भन्ने नाराका साथ हुने हात्ती महोत्सवले सौराहाको आन्तरिक तथा बाह्य पर्यटकलाई आर्क्षित र वृद्धि गर्ने अपेक्षा गरिएको छ । यस वर्ष महोत्सवमा हात्ती वनभोज कार्यक्रम, हात्ती फाष्टवाक प्रतियोगिता, हात्तीको छावाहरुको फुटबल प्रतियोगिता, हात्ती श्रृगार प्रतियोगिता महोत्सवको आर्कषण रहेका छन् ।

त्यसै गरी, हात्ती पोलो प्रतियोगिता, हात्ती पेन्टीङ प्रतियोगिता, हात्ती वार्थिङ कार्यक्रमका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विविध सांस्कृतिक कार्यक्रम समेत राखिएको आयोजकले जानकारी दिएको छ ।

अंग्रेजी नयाँ वर्षलाई मध्यनजर गरी डिसेम्बर २६ देखि ३० तारिखसम्म हात्ती महोत्सव गर्दै आएको छ ।

गएको साउन २८ र २९ गते आएको बाढीले करोडौंको क्षति भोगेको सौराहाले पर्यटकहरुलाई नवनिर्मित सौराहा देखाउनका लागि हात्ती महोत्सव एक अवसर हुने क्षेत्रीय होटेल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए ।

चितवनको पर्यटकीय नगरी सौराहाको पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको महोत्सवको मुख्य प्रर्बधक नेपाल पर्यटन बोर्ड रहेको छ भने संरक्षण रत्ननगर नगरपालिका छ । महोत्सवमा संरक्षणको क्षेत्रमा उत्कृष्ट योगदान र्पुयाउने व्यक्तिहरूलाई पुरस्कृत र सम्मान समेत गरिने क्षेत्रीय होटेल संघ सौराहाका अध्यक्ष सुमन घिमिरले जानकारी दिए ।

महोत्सव अन्तर्गत हात्ती बनभोज कार्यक्रमसँगै , हात्ती फाष्टवाक प्रतियोगितामा २० वटा हात्ती, छावाहरुको फुटबल प्रतियोगितामा १० वटा समूह, हात्ती श्रृगार प्रतियोगितामा ५ हात्ती, हात्ती पोलो प्रतियोगितामा ८ वटा समूह, हात्ती पेन्टीङ प्रतियोगितामा ५ वटा हात्ती र हात्ती वाथिङ कार्यक्रममा ५ वटा हात्तीहरुलाई सहभागी गराईने छ ।

सो महोत्सवमा प्राथमिक उपचारको लागि हात्तीका विशेषज्ञ समेत परिचालन गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics