बुढीगण्डकी जलविद्युत् आयोजनाकाे खाका प्रस्तुत



बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि लगानीको खाका तय गर्न गठित समितिले सोमवार सरकारलाई प्रतिवेदन बुझाएको छ ।

समितिका संयोजक एवं योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले उर्जा मन्त्रालयमा आयोजित समारोहमा लगानीको खाका सम्बन्धी प्रतिवेदन उपप्रधान एवं उर्जामन्त्री कमल थापालाई बुझाएका हुन ।

मंसिर ८ गते स्वदेशी लगानीमै १२ सय मेगावाट क्षमताको जलाशययुक्त बुढीगण्डकी जलविद्युत निर्माण गर्ने सरकारले निर्णय गरेको थियो ।
आठ वर्षभित्र सो आयोजना सम्पन्न गर्ने सरकारको लक्षय रहेको छ ।

यस अघि चाइनाको गेजुवा कम्पनीलाई दिने निर्णय गरेको सम्झौता रद भएको थियो ।

आयोजना निर्माण सम्पन्न गर्न दुई खर्ब ६० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यस आयोजनाको प्रतिमेगावाट करिब २०–२१ करोड रुपैयाँ लाग्ने अनुमान छ । स्वदेशी लगानीको खाका सम्बन्धी थप विवरण प्राप्त हुन बाँकी छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics