आतंक मच्चाउने साँढेको बन्ध्याकरण (फाेटाेफिचर)



नवलपरसीको बेलहानिमा मान्छेलाई हानेर घाइते बनाउने एक साँढेलाई साेमबार नियन्त्रणमा लिइएको छ । सर्वसाधारणलाई घाइने बनाउने साँढेलाई नियन्त्रणमा लिएर बन्ध्याकरण गरी सिंग काटेर पुनः छाडिएको छ ।

नगरपालिकाले छाडा साँढे नियन्त्रण गर्न पत्राचार गरेको आधारमा उक्त साँढेलाई नियन्त्रणमा लिइएको हो ।

साँढेको बन्ध्याकरण गरी सिंग काटेर छोड्दा वालीनालीका साथै सर्वसाधारणलाई हानी नगर्ने पशु स्वास्थ्य प्राविधिक पुरुषोतम पाण्डेले जानकारी दिए ।
उक्त साढेले १० जनालाई हानेर घाइते बनाएको थियो ।

जसमध्ये पाँच जना निक्कै चिन्ताजनक अवस्थामा पुगेका छन् भने तीनजनाको भैरहवाको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुई जनाको बर्दघाटमा उपचार भइरहेको छ । अन्य घाइते भएका पाँच जना उपचार पश्चात् घर फर्केका छन् ।

उक्त साँढेलाई नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जका पशु स्वास्थ्य प्राविधिक पुरुषोत्तम पाण्डेको नेतृत्वमा तीन जनालाई परिचालन गरिएको थियो । पाण्डेको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्रविधिक कपिल पोखरेल र पशुपन्छी प्राविधिक किरण रिजाल पाण्डेलाई परिचालन गरिएको थियो । सोही टोलीले उक्त साँढेलाई नियन्त्रणमा लिएको हो ।

नेपाली समाजमा जर्सी जातको गाईको बच्चा भाले भए छाड्ने र पोथी भए दूध उत्पादनका लागि पाल्ने चलन छ । यसरी छाडा छडिएका भाले जातको जर्सी साँढेले आतंक मच्चाउने गर्छ ।

हेरौं साँढे नियन्त्रणसम्बन्धी थप तस्बिरहरू :










तस्बिरहरू:पुरुषोतम पाण्डे

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics