गुल्मीमा पहिलो पटक होमस्टे महोत्सव



गुल्मीमा पहिलोपटक होमस्टे महोत्सव हुने भएको छ । मुसिकोट नगरपालिकाका स्थानीय गुरुङ समुदायले उक्त महोत्सवको आयोजना गर्न लागेको हो ।

मुसिकोट नगरपालिका वडा नं ६ स्वाँरास्थित गुरुङ समुदायले पुस १० गतेदेखि तीनदिने होमस्टे महोत्सवको आयोजना गरेका हुन् । स्वाँरा होमस्टेको प्रचारप्रसार गर्ने उद्देश्यका साथ पहिलो पटक होमस्टे महोत्सव गर्न लागिएको समाजसेवी कुलबहादुर गुरुङले जानकारी दिए ।

महोत्सवमा गुरुङ समुदायका विभिन्न प्रकारका कला संस्कृति झल्किने परम्परागत सांस्कृतिक झलकको साथै स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको उपस्थितिमा साँस्कृतिक प्रस्तुति तथा खेलकुदलगायतका आकर्षक गतिविधि सञ्चालन गर्न लागिएको गुरुङले जानकारी दिए ।

२०६८ देखि स्वाँरा होमस्टे सञ्चालनमा आएपनि होमस्टेको उचित प्रचार प्रसार नहुँदा र यातायातको भरपर्दो व्यवस्था नहुँदा स्वाँरा होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या निक्कै कम हुँदै गएपछि गुरुङ समुदायद्वारा सञ्चालन गरिएको उक्त स्वाँरा होमस्टेको विकास गर्नका लागि महोत्सवको आयोजना गरिएको समितिले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics