‘रेडियो कलर ’ जडान गैंडा मर्‍यो



बर्दिया राष्ट्रिय निकुञ्जमा एउटा पोथी गैडा मृत अवस्थामा फेला परेको छ । बिहीबार साढे चार बजे उक्त पोथी गैडा मृत अवस्थामा फेला परेको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत विनोद दाहालका अनुसार निकुञ्जको मध्यवर्ति क्षेत्रको झिउनियामा उक्त गैडा मृत अवस्थामा फेला पारिएको थियो ।

‘प्रारम्भिक अनुसन्धानको क्रममा यो गैडाको मृत्यु कालगति भेटिएको छ, हामी थप अध्ययन गर्दैछौं,’ दाहालले जानकारी दिए । करिब ३२ वर्षको उक्त गैडा दुब्लाउँदै कमजोर बनेका थिए । कमजोर हुँदै गएपछि मृत अवस्थामा उक्त गैडा फेला परेको दाहालले बताए ।

मृत अवस्थामा फेला परेको उक्त गैडामा तीन वर्षअघि मात्रै रेडियो कलर जडान गरिएको थियो। तर उक्त रेडियो कलर काम गर्न छाडेको थियो ।

यसअघि पनि बर्दिय राष्ट्रिय निकुञ्जमा गत् मंसिर २२ गते ७ हप्ताको एउटा बच्चा गैंडा (केटो) जाडोका कारण निमुनियाबाट प्रभावित भएर मरेको थियो ।

यो अर्थिक वर्षमा बर्दिया राष्ट्रिय निकुञ्जमा दुईवटा गैंडा मरेका छन् ।हाल बर्दिया राष्ट्रिय निकुञ्जमा ३६ वटा गैंडा छन् ।

त्यसैगरी चितवन राष्ट्रिय निकुञ्जमा १६ वटा गैंडा मरिसकेका छन् । शुक्लाफाँटा र पर्सा निकुञ्जमा भने यो आर्थिक वर्षमा गैंडाको मृत्यु भएको छैन ।
गैंडाको पञ्जामा बिजोर औंला हुने समुहका पाँच वर्तमान प्रजातिहरू मध्येको एक हो । यिनका प्रजातिहरूमध्ये दुई अफ्रिकामा पाइन्छन् । गैंडा एक शाकाहारी जनावर हो । नेपालमा पछिल्लो तथ्याक अनुसार ६ सय भन्दा धेरै गैंडा रहेको छ ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics