अलैँचीको मूल्य मोबाइलमा



मोबाइलमा एसएमएसमार्फत नै अलैँचीको मूल्य थाहा पाउन सकिने भएको छ ।

नेपाल अलैंची व्यवसायी महासंघले अलैंचीको मूल्य थाहा पाउने व्यवस्था गरेको हो ।

मूल्य थाहा पाउन मोबाइलको म्यासेज बक्समा गई ifa ach btm लेखेर ३४००१ मा एसएमएस गर्न सकिन्छ ।

मूल्य थाहा नपाउँदा व्यापारी र बिचौलियाबाट ठगिएको गुनासको कारण बजार मूल्यको जानकारीको लागि एसएमएसबाट थाहा पाउने भएका हुन ।

यसरी मूल्य एसएमएसमा मार्फत थाहा पाएपछि हाल चलेको भाउमा किसानले अलैंची बेच्न पाउने छन् । बजारमा पनि अलैँचीको मूल्य व्यापारीले आफूखुशी तोक्ने गरेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics