वन्यजन्तु संरक्षणका लागि युवा शक्तिको खाँचो



वन तथा भू–सरक्षण मन्त्री विक्रम पाण्डेले प्रकृति तथा वन्यजन्तु संरक्षणका लागि युवा शक्तिको खाँचो रहेको बताएका छन् ।

राष्ट्रिय प्रकति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको २२ औँ वार्षिककोत्सवको उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रममा मन्त्री पाण्डेले यस्तो जानकारी दिएका हुन् । प्रकृति र वन्यजन्तु संरक्षणका लागि विद्यार्थी समूहको भूमिका उल्लेखनीय भएको उनको कथन थियो । मन्त्री पाण्डेले भने,‘ म आफू मन्त्री भएपनि, नभएपनि प्रकृति र राष्ट्रलाई आवश्यक परेको वेला जस्तोसुकै सहयोग र भूमिका निर्वाह गर्न तयार हुनेछु । प्रकृतिको संरक्षण बिना विश्वलाई संरक्षण गर्न सकिन्न् ।’

राष्ट्रिय प्रकृति संरक्षणक कोषको सदर चिडियानाको आयोजक व्यवस्थापक डा. चिरन्जीवीप्रसाद पोखरेलले सदर चिडियाखानाको विकास र विस्तारमा सरकारी निकायका साथै युवा शक्तिको पनि सहयोग आवश्यक रहेको बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु सरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले ७ वटा प्रदेशमा चिडियाखाना स्थापना गर्न आवश्यक गृहकार्य सुरु गरिएको जानकारी दिए । खड्काले सामुदायमा आधारित चिडियाखाना कार्यक्रमहरू पनि राखिने जानकारी दिए । उनले भने, ‘विश्वको सबैभन्दा ठूलो दोस्रो चरा इमुलाई जिल्ला वन कार्यालयको सहयोगमा उद्धार गरी सदर चिडियाखानामा ल्याउन सफल भएका छौँ । अहिले इमुले पाएको बच्चाहरू देखेर मनै रमाएको छ ।’

धेरै प्रकारका वन्यजन्तु उद्धार गरेर सडर चिडियाखानामा राखिएका छन् । चिडियाखानाभित्र रहेका बाँदर, मृगलगायत विभिन्न प्रजातिका पर्याप्त खेल्ने स्थानको अभााव भएकाले भक्तपुरको सूर्यविनायकमा चिडियाखाना बन्न लागेको छ । विगतमा शौकको लागि राजा महाराजाहरुले चिडियाखानामा वन्यजन्तु राख्ने गरेको पाइन्छ ।

कार्यक्रममा विभिन्न विदामा पुरस्कार वितरण गरिएको थियो । त्यसै गरी कार्यक्रमा वन्यजन्तु बाट हुन सक्ने खतरा र यसबाट जोगिने उपायसम्बन्धी पुस्तक पनि विमोचन गरिएको थियो ।

बि।सं। १९८९ मा तत्कालीन प्रधानमन्त्री जुद्ध शमसेरले निजी चिडियाखानाको रूपमा सदर चिडियाखानाको स्थापना गराएका थिए । यो १९५० मा नेपाल सरकारले आफ्नो स्वामित्वमा लिएको थियो तर १९५६ मा मात्र यो सर्वसाधारणको लागि खुल्ला गरिएको थियो । ०५२ सालदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषले व्यवस्थापन गर्दै आएको चिडियाखानालाई सकेसम्म मौलिक स्वरूप दिने गरी उद्यान बनाउने निर्णय सरकारले गरेको हो।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics