धुलो, धुवा र हरित ग्यासमा बाच्नै सक्दिन

A+ A-



दियौं गाँस, बास–कपास, बाँच्नलाई हावा पानी
काहिँ बस हान्ने कहि फूल रोप्ने, यो मनुष्यको बानी ।
सूर्य चन्द्र पृथ्वी माथि नौलाख तारा पनि
छन रे शुक्र, मङगल, बुध, बृहस्पति र शनी ।।

यही ब्रम्हाण्डको बुझेर शक्ति लिएर प्राण पनि
तिमै्र सबथोक लिइ मनुष्य, हिन्छौं धमण्डी बनी ।
थाहा छ माता–पिता र गुरु हुन् ठुला यो तीन लोकमा
प्रकृति नै हो तिनलाई बचाउने, खुवाइ त्यो भोकमा ।।

दिनमा राता–ताता–उज्याला, बल्दछन् सुर्य माथि
अन्धकारमा बलेर जूनले, बन्छिन सबकी साथी ।
कतै उराठ छन् मरुभूमि, कहि छन् जङगल पनि
यहि छन् कोइला –ग्यास –तेल र सुन –हीराका खानी ।।


सीसा–तामा –काँस –फलाम राखिएछन् अरु कति
नरिसाई दिन्छिन् नि–शुल्क हामीलाई चाहिए जति ।
अन्न हजारौं थरी त्यति छन् घाँस – पात
जिव छौं लाखौं– लाख, खेल्छौं दिन र रात ।।

यहिछन् हिंसक बाघ ,भालु , हात्ती र गोही
यहि छन् मधुर गीत गाउने डाफेँ –मयूर कोइली
यस्तो सुन्दर धर्ती हामीले, बनाइ हिलो धुलो
सोचौं मनुष्य बनी हामीले, गल्ती ग¥यौ कि ठुलो

सारा ब्रमहाण्ड पनि हामीले, बनाए सोर्गै बन्छिन्
धुलो ,धुवा र हरित ग्यासमा बाच्नै सक्दिन

कक्षा – ७
एस .ए. बी
पब्लिक स्कुल
अभिनयात्मक कविता प्रतियोगितामा दोस्रो उत्कृष्ट कविता

प्रतिक्रिया दिनुहोस

web
analytics