हल्दिबारी गाउँपालिकाले हात्ती नियन्त्रणका लागि पहल



झापाको हल्दिबारी गाउँपालिकाले हात्ती नियन्त्रणका लागि विद्युतीय तारबार, जंगल क्षेत्रभित्र बाटोसँगै कुलो निर्माणका लगायतका विभिन्न योजना अघि सारेको छ । हरेक वर्ष हात्तीको समस्या झेल्दै आएको यो क्षेत्रका एक हजार घरधुरीको संरक्षणका लागि गाउँपालिका अग्रसर भएको हो ।

हात्तीले बर्षे्नि लाखौँ मूल्यको धनमालसँगै मानवीय क्षतिसमेत पु¥याउँदै आएकाले नियन्त्रणका उपाय अवलम्बन गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले बताए ।

गाउँपालिकाले हात्ती नियन्त्रणका लागि जलथलको जंगल क्षेत्रमा बाटो, कुलो निर्माणका साथै विद्युतीय तारबार जडानको तयारी गरेको हो । हात्ती नियन्त्रणका लागि ४५ लाख विनियोजन गरिएको छ । १८ लाखको लागतमा विद्युतीय तारबार, जंगल क्षेत्रभित्र बाटोसँगै कुलो निर्माणका लागि २७ लाख रकम विनियोजन गरिएको छ ।

जंगलमा निर्माण गरिने बाटोमा विद्युत् विस्तार गरेर वन क्षेत्रलाई झलमल्ल बनाउने कार्य अघि बढेको छ ।

गाउँपालिकाले हात्ती निणन्त्रणका लागि योजना अघि सारेपछि स्थानीयवासी खुसी भएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics