डमरु र केटो निमोनियाले मरे



मंसिरको पहिलो साता बर्दिया राष्ट्रिय निकुञ्मा पाँच पहिनाको बाघको डमरु मृत अवस्थामा फेला पर्‍यो । त्यही महिनाको २२ गते ४९ दिने एउटा बच्चा गैंडा (केटो ) बबईमा मृत अवस्थामा फेला पर्‍यो ।

शव परीक्षणमा उक्त केटो र डमरु निमोनियाका कारण मरेको पुष्टी भयो । शव परिक्षणमा संलग्न भेटेरिनरी चिकित्सक दिपक ओलीले आमाको बेवास्ताका कारण डमरु र केटोमा निमोनियाले च्यापेको बताए । ‘आमाले छोडेर टाढा गएपछि डमरुले खान समेत पाएन र कमजोर हुँदै गयो ,’ उनले भने, ‘अन्त्यमा निमुनियाको सिकार हुन पुग्यो ।’ बच्चा बाघको आन्द्रा खाली हुनुका साथै सुख्खा छाला र दागहरु पनि परिक्षणमा भेटिएको थियो ।

त्यस्तै, गैंडाको केटोलाई आमाले खोला तार्नेक्रममा चिसोले निमोनिया भएको जानकारी उनले दिए । आमाले छोडेर जाँदा कहिलेकाही त्यो केटो पनि ५ घन्टा सम्म पनि भोकै हुन्थ्यो । परीक्षणका क्रममा बच्चा गैंडाको फोक्सो पनि संक्रमित भेटिएको थियो । ओलीले आफूले परिक्षण गरेकामध्ये दुईवटालाई मात्र निमोनियाको कारण ज्यान गुमाएको पाइएको बताए ।
गैंडाविज्ञ नरेश सुवेदीका अनुसार निमोनियाबाट बच्चा गैंडालाई मात्र नभएर ठूलो गैंडालाई पनि असर गरेको हुन्छ । उनले भने, ‘जन्मेका बच्चा १५ प्रतिशत बाघलगायत अन्य सिकारीबाट मृत्युको सिकार हुन्छन् । १० प्रतिशत रोग लागेर मर्छन् । ’

बाघविज्ञ तथा राष्ट्रिय प्रकृति संरक्षण कोषको सदर चिडिायाखानाका आयोजना व्यवस्थापक चिरञ्जिवीप्रसाद पोखरेलले निमोनिया अर्को चुनौती भएको बताए । बाघमा निमुनिया सम्बिन्धी अध्ययन अनुसन्धान पनि खासै भएको छैन । पोखरेलले सदरचिडियाखानाका बाघमा भने निमोनियको घटना नपाएको जानकारी दिए । गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा २५ वटा गैंडामध्ये २१ वटा प्राकृतिक कारणले मरेका थिए । त्यस्तै, चालु आर्थिक वर्षमा पनि चितवन निकुञ्जमा १६ वटा गैंडा बाढी, बच्चा पाउन नसक्दा, सहवास गर्ने क्रममा र बुढो भएर मरेका थिए ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics