संरक्षित पंक्षी हुचील बिक्री गर्ने पक्राउ




संरक्षित पंक्षी हुचीलको बिक्री वितरणमा संग्लन तीनजनालाई बौद्ध गेटमा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी र प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई काठमाडौ–६ बौद्ध गेटबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दोलखा तामाकोशी गाउँपालिका–७ घर भइ ललितपुर ईमाडोल बस्दै आएका २४ वर्षीय जेबी राईसहित ३ जना छन् । अन्य दुई जनाको नाम भने प्रहरीले खुलाएको छैन ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics