लुम्बिनीमा ४१ प्रजातिका ९१० चरा-चुरुंगी



लुम्बिनीको विभिन्न सिमसारमा यो बर्ष ४१ प्रजातिका नौं सय १० प्रकारका चराहरू भेटिएका छन् । लुम्बिनीमा जलपंक्षीको गणना कार्य सम्पन्न भएको छ । सिमसार क्षेत्रमा आश्रीत पानी चराहरूको अवस्थाको बारेमा जानकारी लिन जलपंक्षीको गणना गरिएको हो ।

नेपाल पन्छी संरक्षण संघ र ग्रिन युथ लुम्विनीको संयुक्त आयोजनामा लुम्विनीको मायादेवी मन्दिर परिसर र गैडातालमा जलपंक्षीको गणना गरिएको ग्रिन युथ लुम्विीनका अध्यक्ष अर्जुन कुर्मीले जानकारी दिए ।

उत्त गणनामा मायादेवी मन्दिर परिसर क्षेत्रमा २९ प्रजातीका ८ सय १० र गैडातालमा १२ प्रजातीका १०० को संख्यामा चराहरू गणना गरिएको गणना कार्यक्रमका संयोजक तथा नेपाल पन्छी संरक्षण संघका अनुसन्धान सहायक ईश्वरी चौधरीले बताए । गणनामा विश्वमै दुर्लभ सारस र घुगीफोर गरुड पनि फेला परेको थियो ।

अंग्रेजी महिनाअनुसार प्रत्येक जनवरीमा गरिने गणना कार्यक्रममा स्वयमसेवी, पन्छी अवलोकनकर्ता, स्थानीयबासिन्दा, सरोकारवाला निकाय, पत्रकार र संरक्षण संघ सस्थाको सहभागिता हुने गर्दछ । यो बर्ष पनि जनवरी ६ देखी २१ (पौष २२ देखी माघ ७ ) सम्म विश्वभरका साथै नेपालका ६० भन्दा बढी तालतलैया र नदी वरिपरीमा जल पन्छीहरूको गणना काम सुरु भएको पन्छी संरक्षण संघका वरिष्ठ संरक्षण अधिकृत कृष्णप्रसाद भुसालले जानकारी दिए ।

अधिकांश जल पंछीहरु हिउँदे मौसमको सुरुवातसँगै बढ्दो जाडो छल्न, अनकुल मौसम, सुरक्षित बासस्थान र चरनको खोजीमा उत्तरी मुलुकहरू रुस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलीयाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रहरूबाट नेपालमा आउने गरेको भुसालले जानकारी दिए ।

नेपाल पन्छी संरक्षण संघका जीव विज्ञ अंकितविलाश जोशीका अनुसार नेपालमा विभिन्न सिमसार क्षेत्रहरूमा आश्रित पानीचराहरु पछिल्ला दशकहरूमा खासगरी बासस्थान संकुचित हुँदा र बिनाश गरिदा, कृषिमा अत्याधिक परिमाणमा रसायनिक मल र बिषादीको प्रयोग, जलस्रोतमा विषादीको अवशेष, अवैध रूपमा हुने चोरी शिकारी तथा व्यापार, जलवायु परिवर्तनका कारण संकटमा पर्दै गएका छन् । जोशीका अनुसार शहरीकरणका कारण सिमसार, नदीनाला, वनक्षेत्र बिनाशका कारण चराहरूको संरक्षण गर्न ठूलो चुनौती थपिएको छ ।

दुर्लभ मानिने चराको संरक्षण गर्न दिर्घकालिन संरक्षण कार्यक्रमका साथै स्थानीय समुदाय, राजनीतिक तह, सरकारी तथा गैरसरकारी क्षेत्रबाट बलियो प्रतिबद्धता आवश्यक रहेको बिज्ञहरुले सुझाव दिएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics