गरियो गोहीको उद्धार




नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) मध्यबिन्दु नगरपालिका– ११ मा फेला परेको करिब साढे दुई फिट लम्बाइ रहेको बयष्क घडियाल गोहीलाई उद्धार गरिएको छ ।

वन कार्यालय अरुणखोलाका इन्चार्ज अरुणकुमार मित्रल नारायाणी नदीबाट आहारा खोज्दै गोही आएको हुनसक्ने अनुमान गरिएकोे जानकारी दिए ।

शनिबार स्थानीयले गोहीलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । सेक्टर वन कार्यालय अरूणखोला, सशस्त्र प्रहरी चोरमारा, प्रहरी चौकी अरूणखोला र नेपाली सेनाको टोलीले उक्त गोहीलाई मध्यबिन्दु– १५ मा पर्ने नारायणी नदीमा लगेर छाडेको छ ।

गोही एक पानी र जमीन दुबै ठाउँमा बस्न सक्ने सरीसृप समुहको जीव हो । यसलाई प्राचिन डाइनोसर जीवको प्रजाती मानिएको छ । गोहीको दाँतहरू उल्टो फर्केका कारण यसले कुनै पनि जीवलाई दाँतले समाती सकेमा छोड्ने सम्भावना कम नै हुन्छ । त्यसैले यसलाई सबै भन्दा खतरनाक जनावरको रूपमा लिन सकिन्छ ।

गोहीलाई कुनै कुनै ठाउँमा ग्राहक, मगर मच्छ, नाका, घडियाल इत्यादी फरक फरक नामले पनि चिनिन्छ । खास गरेर नेपालको कोशी नदी, कर्णाली नदी, नारायणी नदीमा गोहीहरू देख्न सकिन्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics