जाजरकोटमा सिस्नु हानाहान गर्ने अनौठो संस्कृति



माघी पर्व मनाउने संस्कृति पनि स्थानपिच्छे फरक फरक छ । जाजरकोटमा एक अर्कामाथि सिस्नु हानाहान गरी माघी पर्व मनाउने चलन छ ।

जाजरकोटको नलगाड नगरपालिका, वारेकोट गाउँपालिका र भेरी नगरपालिकामा एक अर्कामाथि सिस्नु हानाहान गरी यो पर्व मनाउने चलन छ ।

मामाको छोरीलाई फूपूका छोराले सिस्नु हान्ने, साली, भेना, सोल्टी, सोल्टिना, साथीसाथीबीच सिस्नु हानाहान गरेर चिसो मौसममा न्यानो बनाएर माघी पर्व मनाउने संस्कृति छ ।

सिस्नु हानाहान गर्नका लागि छिमेकी जिल्लाका स्थानीयबासिन्दाहरु पनि सहभागी हुने गर्छन् । माघ १ गतेका दिन सिस्नुले एक अर्काको शरीरमा हानाहान नगर्दा सुँगुरको जुनी पाइने धार्मिक विश्वास रहिआएको छ ।

नलगाड नगरपालिका वडा नम्बर ८ का शिक्षक बीरवहादुर खत्रीकाअनुसार सिस्नु घुँडाबाहेक अन्यत्र हान्न नपाइने व्यवस्था छ । कतिपयले सिस्नु हान्दाहान्दै विवाहसमेत गर्ने गरेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics