धरानमा कृषि यान्त्रिकरण प्रदर्शनी



तेस्रो राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी सुनसरीको धरानमा हुने भएको छ । आगामी फागुन १० गतेदेखि तीन दिनका लागि उक्त प्रदर्शनीको आयोजना गरिएको छ ।

कृषि इन्जिनियरिङ निर्देशनालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा उक्त प्रदर्शनीको आयोजना गरिएको हो । प्रदर्शनी धरानको पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको फुटबल मैदानमा आयोजना गरिएको छ ।

नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष स्वयम्भुकृष्ण श्रेष्ठकाअनुसार प्रदर्शनीमा २० मुलुकमा उत्पादन भएका दुई हजारभन्दा बढी संख्याको कृषि उपकरण, मेसिन, सबारी साधन र यन्त्रहरुलाई प्रदर्शनीमा राखिने व्यवस्था गरिएको छ ।करिब ५० हजार सर्वसाधारणले उक्त प्रदर्शनीको अवलोकन गर्ने योजना राखिएको छ । प्रदर्शनीमा एक सय ५० वटा स्टाँल राख्ने व्यवस्था गरिएको छ । प्रदर्शनी अवधीभर करिब १० करोड मूल्यबराबरको कारोबार हुने अपेक्षा छ ।

प्रर्दशनीमा सानो हाते उपकरण, सोलार वाटर पम्पिङलगायतका उपकरण राखिनेछ । किसानलाई कृषि उपकरणबारे जानकारी, त्यसको मुल्य, पाइने ठाउँ लगायतका सबै विषय एकै ठाउँबाट जानकारी दिन प्रदर्शनी आयोजना गरिएको बताइएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics