भोलीदेखि मौसममा सुधार आउने



इरान, अफगानिस्तान, पाकिस्तान र भारतको जम्मु कश्मिरबाट मंगलवार सूदूरपश्चिम हुँदै प्रवेश भएको पश्चिम न्युनचापीय प्रणाली (वेष्ट्रन्ली डिस्ट्रबेन्स) का कारण बुधवार मुलुकभरी वर्षा भएको छ । भूमध्ये सागर हुँदै मंगलवार उक्त प्रणाली नेपाल भित्रिएको हो।

त्रिभुवन विमानस्थलस्थित् जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँसहित देशका उच्च अधिकांश हिमाली भागमा हिमपात भएको छ । महाशाखाकी मौसमविद शान्ति कडेलले बिहीबारदेखि मौसममा सुधार आउने बताइन् । ‘आज देशैभर वर्षा भएको छ,’ उनले भनिन ‘भोलीदेखि देशैभरको मौसममा सुधार आउनेछ ।’

काठमाडौंका २५ सय मिटर उचाईका चन्द्रागिरी, फुलचोकी, शिवपुरीसहित मकवानपुरको दामन, दोलखाको कालिन्चोकलगायतका स्थानसहित उच्च भागमा बाक्लो हिमपात भएको छ । महाशाखाका अर्का वरिष्ठ मौसमविद् राजुधर प्रधानांगले काठमाडौंमा मनसुनपछि हिउँदमा पहिलो पटक वर्षा भएको जानकारी दिए ।

‘यो वर्षको हिउँदमा दोस्रो पटक पश्चिमी न्युन चापीय प्रणाली भित्रिएको हो,’ प्रधानांगले भने, ‘यसअघि गत पुसमा सूदूरपश्चिमसम्म मात्रै यो प्रणाली भित्रिएको थियो ।’ त्यो प्रणालीका कारण सूदूरका उच्च भागमा हल्का हिमपातसहित वर्षा भए पनि पूर्व्तिर सर्न पाएको थिएन । अहिलेको प्रणाली भने एकै दिनमा देशैभर फैलिएको मौसमविद्को भनाई छ ।

यो प्रणाली मंगलवार राती नै पूर्वी भाग हुँदै भुटानतिर सर्दै जानेछ । बुधवारदेखिका दिनहरू घमाइला हुने अपेक्षा गरिएको छ ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics