फोहोरबाट मोहोर बनाउन सिक्दै कृषकहरू



काभ्रे जिल्ला, बेथानचोक गाउँपालिकाका कृषकहरूले फोहोरलार्इ मोहोरमा बदल्न सिकेका छन् । माघ १९ गतेदेखि २१ गतेसम्म बेथानचोक गाउँपालिकाको सभा हलमा आयोजना गरिएको ३ दिने फोहर व्यवस्थापन मार्फत कम्पोष्ट मलको उत्पादन तथा करेसाबारी व्यवस्थापनसम्बन्धी तालिममा सहभागी भर्इ स्थानीय कृषकहरूले फोहोरलार्इ मोहोरमा बदल्न सिकेका हुन् । बेथानचोक गाउँपालिका र ग्रामिण प्रविधि केन्द्र, नेपालले संयुक्त रूपमा सो तालिमको आयोजना गरेको थियो ।

फोहोरको उचित व्यवस्थापन गरी त्यसलार्इ उपयोगी मलमा बदली करेसाबारी तथा खेतबारीमा प्रयोग गरी उल्लेखनीय फाइदा लिन सकिने सीपमूलक तालिमको सहजिकरण डा. आनन्द शोभा ताम्राकारले गरेका थिए । उनले नै काठमान्डौं आसपासमा फोहोरलार्इ मोहोर बनाउने अभियान चलाएका थिए ।
तालिमको थालनीमा, “म तपार्इहरूलार्इ सुन बनाउन सिकाउँछु । त्यो पनि कालो सुन ।” भनेर डा‍.ताम्राकारले भन्दा सहभागीहरू छक्क परेका थिए ।उनले त्यसो भन्नुको पछाडी फोहोरलार्इ गड्यौलाको सहायताले गलार्इ, गड्यौले मल अर्थात् भर्मीकम्पोष्ट बनार्इ त्यसलार्इ वहुपयोगी मलका रूपमा प्रयोग गर्ने र कालो सुनको ब्राण्डमा बेच्ने गरेको बताए पछि सहभागीहरूको कौतुहलता झन् बढेको थियो । गड्यौलाको प्रयोग गरी बन्ने कम्पोष्ट मललार्इ कालो सुनको उपमा दिएकाे हो ।
स्थानीय कृषकहरूलार्इ रातो गड्यौला ९आइसेनिया फेडीटा० को प्रयोग गरी वहुपयोगी कम्पोष्ट मल बनाउन सिकएका थिए ।

“यसबाट धेरै नै फाइदा लिन सकिने रैछ । हामीले हाम्रो खेतबारीमा तरकारी उत्पादन गर्दा रसायनीक मल र विषादी प्रयोग गर्दै आएका थियौँ । उक्त रसायनिक पदार्थहरू किन्दा पैसाको पनि खर्च हुन्थ्यो । वातावरणलार्इ समेत असर पुर्‍याउँथ्यो । तर यो गड्यौले मल उत्पादन गरी प्रयोग गर्दा पैसा नि कम खर्च हुने अनि वातावरणमा समेत असर नपर्ने रैछ । अर्को कुरा, गार्इवस्तु नपाल्नेहरूले समेत सजिलै मल बनाउन सकिने रैछ । गार्इवस्तुका लागि झैँ घाँस, स्याउला काटिरहनु पर्ने झन्झट पनि नुहनेस खेर गएका पातपतिङ्गर, कपडा, कुहिने बस्तु गड्यौलालार्इ खान दिएर मज्जाले मल बनाउन पनि पो सकिने रैछ ।” तालिमका सहभागी मध्येका एक रेणुका फुयाँलले बताइन । उनले तालिम पश्चात् तत्काल सानो क्षेत्रमा मल बनाएर हेर्ने र पछि यसको प्रभावकारिता हेरी ठुलो क्षेत्रमा विस्तार गर्ने योजना समेत सुनाइन ।

“गड्यौला पालेर मल बनाउन सकिन्छ भन्ने सुनेका थियौँ तर आज यो तालिममा सहभागी भएर यसबाट कम्पोष्ट मल बनाउन सकिने कुरा सिक्न पाउँदा धेरै खुसी लागेको छ । यसबाट मल बन्ने मात्र नभै, यसले हाम्रो स्वास्थ्यका लागि चाहिने औषधीको समेत काम गर्दो रहेछ । त्यो नयाँ कुरा समेत थाहा पाइयो । खेर गएको स्थान, खाली समयको सदुपयोग गरी बहुमूल्य मल बनाउन सकिने कुराको ज्ञान र सीप गाउँमा गएर अरूलार्इ समेत सिकाउने इच्छा छ ।” अर्का सहभागी रूपा लामाले आफ्नो अनुभव सुनाइन ।

तालिमको समापन समारोहमा बोल्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमिल्सिनाले आफू समेत अब गड्यौला पालि भर्मीकम्पोष्ट मल बनाउने सोचमा रहेको बताए।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics